मंगलवार, असार ९,२०८३ 02:32:48
Bizshala
  • मंगलवार, असार ९,२०८३ 02:32:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सान्भि इनर्जीले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव

Laxmi Sunrise Bank Limited
सान्भि इनर्जीले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव

काठमाण्डौ । सान्भि इनर्जी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको छैठौं साधारण सभा पुस २९ गते काठमाण्डौको बुद्धनगरमा रहेको क्वालिटी ब्याङ्क्वेटमा दिउँसो ३ बजेदेखि आयोजना गर्ने निर्णय गरेको छ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु स्वीकृत गर्ने तथा आव २०८२/८३ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।  

New Office
CG Motors
Garima Development Bank

यस्तै सर्वसाधारण सेयरधनी समूह ‘ख’ बाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरुमात्रै कम्पनीको सभामा सहभागी हुन योग्य हुनेछन् । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.