काठमाण्डौ । हिमस्टार उर्जा कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले सातौं वार्षिक साधारण सभाको आयोजना मिति तय गरेको छ । बैठकले पुस २९ गते काठमाण्डौको नयाँबस्तीमा रहेको ड्रिम हाउस ब्याङ्क्वेटमा बिहान साढे १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने गत आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण र सोसँग सम्बन्धीत अनुसूचिहरु लगायतका वित्तीय विवरणहरु पारित गरिनुका साथै चालु आव २०८२/८३ को लेखा परीक्षणका लागि लेखा परीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
यस्तै ३ जना संस्थापक सेयरधनीको बाँकी कार्यकालका लागि तथा १ जना सर्वसाधारण सेयरधनी गरी जम्मा ४ जना सञ्चालकको निर्वाचन गर्ने र एकजना विज्ञ सञ्चालकको नियुक्ती गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
साधारण सभाभ प्रयोजनका लागि पुस १८ गतेदेखि २९ गतेसम्म बुक क्लोज रहनेछ ।

