आईतवार, असार १४,२०८३ 08:00:19
Bizshala
  • आईतवार, असार १४,२०८३ 08:00:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हिमस्टार उर्जाको साधारण सभा पुस २९ गते, बुक क्लोज कहिले ?

Laxmi Sunrise Bank Limited
हिमस्टार उर्जाको साधारण सभा पुस २९ गते, बुक क्लोज कहिले ?

काठमाण्डौ । हिमस्टार उर्जा कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले सातौं वार्षिक साधारण सभाको आयोजना मिति तय गरेको छ । बैठकले पुस २९ गते काठमाण्डौको नयाँबस्तीमा रहेको ड्रिम हाउस ब्याङ्क्वेटमा बिहान साढे १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने गत आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण र सोसँग सम्बन्धीत अनुसूचिहरु लगायतका वित्तीय विवरणहरु पारित गरिनुका साथै चालु आव २०८२/८३ को लेखा परीक्षणका लागि लेखा परीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

New Office
CG Motors
Garima Development Bank

यस्तै ३ जना संस्थापक सेयरधनीको बाँकी कार्यकालका लागि तथा १ जना सर्वसाधारण सेयरधनी गरी जम्मा ४ जना सञ्चालकको निर्वाचन गर्ने र एकजना विज्ञ सञ्चालकको नियुक्ती गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

साधारण सभाभ प्रयोजनका लागि पुस १८ गतेदेखि २९ गतेसम्म बुक क्लोज रहनेछ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.