बुधबार, श्रावण ६,२०८३ 08:26:21
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 08:26:21
Bizshala
Global IME Bank Limited

पाँच बीमा कम्पनीलाई विदेशमा शाखा खोल्न सैद्दान्तिक अनुमति, कानूनी झन्झटले प्रक्रिया लम्बिने

पाँच बीमा कम्पनीलाई विदेशमा शाखा खोल्न सैद्दान्तिक अनुमति, कानूनी झन्झटले प्रक्रिया लम्बिने
New Office

काठमाण्डौ । पाँच बीमा कम्पनीले विदेशमा शाखा खोल्न सैद्दान्तिक अनुमति पाएका छन् । नेपाल बीमा प्राधिकरणले दुई पुनर्बीमा कम्पनीसँगै नेपाल लाइफ, सानिमा रिलायन्स लाइफ र सन नेपाल लाइफ इन्स्योरेन्सलाई विदेशमा शाखा विस्तार गर्न सैद्दान्तिक अनुमति दिएको हो ।

उक्त पाँच कम्पनीलाई विदेशमा शाखा खोल्नका लागि पूर्व स्वीकृति दिएतापनि बीमा कम्पनीले सहजै विदेशमा शाखा खोल्ने अवस्था नरहेको प्राधिकरणले जनाएको छ ।

बीमा कम्पनीहरुले पहिलेदेखि नै विदेशमा शाखा खोल्न बीमा प्राधिकरणसँग अनुमति माग्दै आएपनि यसको बाँकी प्रक्रियाहरु झन्झटिलो रहेको सहजै शाखा विस्तार गर्ने अवस्था नरहेको प्राधिकरणका निर्देशक शाम्भाराज लामिछानेले बताए ।

‘प्राधिकरणले ५ बीमा कम्पनीले विदेशमा शाखा खोल्न अनुमति मागेबमोजिम सैद्दान्तिक सहमति प्रदान गरेको हो, तर यसको लागि उक्त बीमा कम्पनीहरुले अब सरकारसँग पनि अनुमति लिनुपर्ने हुन्छ’ उनले भने, ‘साथै सम्बन्धित देशको स्वीकृति, करेन्सीको लागि नेपाल राष्ट्र बैंकको स्वीकृति र पूर्वाधार स्वीकृति लिनुपर्ने हुँदा प्रक्रिया धेरै लामो र झन्झटिलो हुन जान्छ ।’

साथै, नेपाल सरकारको नियमावली बमोजिम पनि बीमा कम्पनीहरुले विदेशमा शाखा खोल्न अनुमति लिनुपर्ने हुँदा तत्कालै शाखा खोल्न सम्भव नरहेको लामिछानेले बताए ।

पछिल्लो समय बीमा कम्पनीहरु आन्तरिक बजारमा बढ्दो प्रतिस्पर्धा र सीमित लगानीका क्षेत्रका कारण विदेशमा शाखा खोल्न र लगानी विस्तार गर्न उत्साहित देखिएका छन् । बीमा कम्पनीका सञ्चालक तथा सीइओहरु विदेशमा शाखा खोल्न सहज वातावरण बनाउनुपर्ने माग समेत गर्दै आइरहेको छन् । तर बीमा ऐन, २०७९ ले यसको मार्ग प्रशस्त गरे पनि अन्य केही पुराना कानुनहरुका कारण बीमा कम्पनीहरुलाई सहजै शाखा खोल्ने वातावरण भने नरहेको देखिन्छ ।

नेपाली कम्पनीले विदेशमा शाखा खोल्न सरकारसँगै मुख्यतया सम्बन्धित नियामक निकायको स्वीकृति, न्यूनतम चुक्तापुँजीको आवश्यकता र विदेशी मुद्रा सटही सुविधाको व्यवस्थापन जस्ता कानुनी प्रावधानहरू अपनाउनुपर्नेछ ।

विशेषगरी सूचना प्रविधि ९आइटी० कम्पनीहरूलाई विदेशमा शाखा खोली लगानी गर्न राष्ट्र बैंकले सहजीकरण गरेको भएपनि बीमाजस्ता क्षेत्रमा नेपाल बीमा प्राधिकरणको स्वीकृति अनिवार्य छ र देशअनुसारका स्थानीय नियमहरू पालना समेत गर्नुपर्नेछ ।

बीमा ऐनअनुसार शाखा विस्तारको प्रावधान

बीमा ऐन, २०७९ को दफा ३१ मा नेपाली बीमा कम्पनीले नेपाल बीमा प्राधिकरणको पूर्वस्वीकृति लिएर विदेशमा शाखा कार्यालय, सम्पर्क कार्यालय वा प्रतिनिधि कार्यालय खोल्न सक्ने व्यवस्था छ । यसै ऐनलाई कार्यान्वयन गर्न प्राधिकरणले बीमकको शाखा कार्यालय सम्बन्धी निर्देशिका, २०७९ समेत जारी गरिसकेको छ ।

निर्देशिकाको दफा ११ अनुसार न्यूनतम चुक्तापुँजी कायम भएको, सञ्चालकहरुमाथि कुनै कारबाही नभएको ९वा भए ६ महिना पूरा भएको० र शाखा खोलिने देशको नियामक निकायको स्वीकृति प्राप्त भएको अवस्थामा विदेशमा शाखा खोल्न सकिने व्यवस्था छ ।

यसका साथै बीमकले विदेशमा शाखा वा सम्पर्क कार्यालय स्थापना गर्नका लागि विभिन्न कागजात तथा विवरण पेश गर्नुपर्नेछ ।

बीमकले व्यवसायिक योजना, लाभ–लागत तथा जोखिम विश्लेषण सहितको सम्भाव्यता अध्ययन प्रतिवेदन पेश गर्नुपर्नेछ । साथै कार्यालय स्थापनाको लागि आवश्यक अनुमानित लागत, प्राधिकरणले तोकेको न्यूनतम सोल्भेन्सी मार्जिन कायम गरेको, कार्यालय स्थापना गर्न प्रस्ताव गरिएको देशबाट लाभांश, मुनाफा, पुँजी नेपालमा भित्र्याउन वा फिर्ता गर्न सकिने नीतिगत व्यवस्था उक्त देशमा रहेको विवरण समेत बुझाउनुपर्नेछ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.