मंगलवार, फाल्गुन ५,२०८२ 07:04:34
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 07:04:34
Bizshala
Global IME Bank Limited

यी ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

यी ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Shivam Cement

काठमाण्डौ । आज नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ५ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज शिखर इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी र कुथेली बुखरी स्मल हाइड्रोको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।

यी सबै कम्पनीले पुस १४ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा सेयर कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै यी कम्पनीहरुद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

शिखर इन्स्योरेन्स

कम्पनीले गत आवका लागि ६ प्रतिशत बोनस सेयर र ०.३१५८ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल ६.३१५८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

सन नेपाल लाइफ इन्स्योरेन्स

सन नेपाल लाइफ इन्स्योरेन्सले गत आवका लागि ५ प्रतिशत बोनस सेयर र १५.२६३२ प्रतिशत नगद लाभांश(करसहित) गरी कुल २०.२६६२ लाभांश घोषणा गरेको छ ।

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड

कम्पनीले गत आवका लागि ६.३१५८ प्रतिशत नगद लाभांश (करसहित)को प्रस्ताव गरेको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

सिनर्जी पावर डेभलपमेन्ट कम्पनी

यो कम्पनीले पनि आव २०८१/८२ का लागि १० प्रतिशत बोनस सेयर र ०.५२३६ प्रतिशत नगद लाभांशको घोषणा गरेको छ ।  

कुथेली बुखरी स्मल हाइड्रो

कम्पनीले गत आवका लागि १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.