मंगलवार, फाल्गुन ५,२०८२ 07:05:11
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 07:05:11
Bizshala
Global IME Bank Limited

यी ७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

यी ७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ७ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज शिखर नबिल बैंक, छिमेक लघुवित्त, मिथिला लघुवित्त, बुटवल पावर कम्पनी, डिप्रोक्स लघुवित्त, सपोर्ट लघुवित्त र आईजीआई प्रुडेन्शियल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यी कम्पनीहरुले पुस १५ र १६ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा सेयर कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै यी कम्पनीहरुद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् । बुटवल पावरले पुस १५ गते र बाँकी कम्पनीले पुस १६ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै यी कम्पनीहरुद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

पुस १५ गते गुरुङ समुदायले मनाउने तमु ल्होसारको सार्वजनिक बिदा परेकाले सेयरबजार बन्द रहनेछ ।

नबिल बैंक

बैंकले गत आवका लागि १२.५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) वितरणको प्रस्ताव गरेको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

छिमेक लघुवित्त

संस्थाले गत आवका लागि १२.५ प्रतिशत बोनस सेयर र १२.५ प्रतिशत नगद लाभांश(करसहित) गरी कुल २५ लाभांश घोषणा गरेको छ ।

डिप्रोक्स लघुवित्त

संस्थाले गत आवका लागि १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश(करसहित) गरी कुल २० प्रतिशत लाभांशको प्रस्ताव गरेको छ ।

बुटवल पावर कम्पनी

यो कम्पनीले पनि आव २०८१/८२ का लागि ६ प्रतिशत नगद लाभांशको घोषणा गरेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

सपोर्ट लघुवित्त

संस्थाले गत आवका लागि ९.५ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

मिथिला लघुवित्त

संस्थाले गत आवका लागि सेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।

आईजीआई प्रुडेन्शियल इन्स्योरेन्स

कम्पनीले आफ्ना सेयरधनीहरुका लागि ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.