मंगलवार, माघ १३,२०८२ 08:19:16
Bizshala
  • मंगलवार, माघ १३,२०८२ 08:19:16
Bizshala
Global IME Bank Limited
Bizshala

यी ४ कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

यी ४ कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ४ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा मिथिला लघुवित्त, डिप्रोक्स लघुवित्त, छिमेक लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको सेयरमूल्य समायोजन भएको हो । यी सबै कम्पनीले गत आवका लागि आफ्ना सेयरधनीहरुका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।

समायोजनपश्चात मिथिला लघुवित्तको सेयरमूल्य प्रतिकित्ता १ हजार ३२५.९५ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि संस्थाको सेयरमूल्य प्रतिकित्ता १ हजार ५१४.९० रुपैयाँ कायम थियो । संस्थाले गत आवका लागि सेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।

Bizshala
Garima Development Bank
New Office

यस्तै छिमेक लघुवित्तले प्रस्ताव गरेको १२.५० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन हुँदै सेयरमूल्य प्रतिकित्ता ९२८.८० रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि संस्थाको सेयरमूल्य प्रतिकित्ता १ हजार ४४.९० रुपैयाँ कायम थियो । संस्थाले गत आवका लागि १२.५ प्रतिशत बोनस सेयर र १२.५ प्रतिशत नगद लाभांश(करसहित) गरी कुल २५ लाभांश घोषणा गरेको छ ।

डिप्रोक्स लघुवित्तको सेयरमूल्य समायोजन हुँदै प्रतिकित्ता ८०० रुपैयाँ निर्धारण भएको छ । संस्थाले गत आवका लागि १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश(करसहित) गरी कुल १५ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

सपोर्ट माइक्रोफाइनान्सको ९.५० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ । जसपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार ७२२.३७ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार ८८६ रुपैयाँ कायम थियो ।

आगामी कारोबारदेखि नयाँ समायोजित मूल्यका आधारमा यी सबै कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.