मंगलवार, फाल्गुन ५,२०८२ 07:09:50
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 07:09:50
Bizshala
Global IME Bank Limited

यी ४ कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

यी ४ कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ४ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा मिथिला लघुवित्त, डिप्रोक्स लघुवित्त, छिमेक लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको सेयरमूल्य समायोजन भएको हो । यी सबै कम्पनीले गत आवका लागि आफ्ना सेयरधनीहरुका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।

समायोजनपश्चात मिथिला लघुवित्तको सेयरमूल्य प्रतिकित्ता १ हजार ३२५.९५ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि संस्थाको सेयरमूल्य प्रतिकित्ता १ हजार ५१४.९० रुपैयाँ कायम थियो । संस्थाले गत आवका लागि सेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यस्तै छिमेक लघुवित्तले प्रस्ताव गरेको १२.५० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन हुँदै सेयरमूल्य प्रतिकित्ता ९२८.८० रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि संस्थाको सेयरमूल्य प्रतिकित्ता १ हजार ४४.९० रुपैयाँ कायम थियो । संस्थाले गत आवका लागि १२.५ प्रतिशत बोनस सेयर र १२.५ प्रतिशत नगद लाभांश(करसहित) गरी कुल २५ लाभांश घोषणा गरेको छ ।

डिप्रोक्स लघुवित्तको सेयरमूल्य समायोजन हुँदै प्रतिकित्ता ८०० रुपैयाँ निर्धारण भएको छ । संस्थाले गत आवका लागि १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश(करसहित) गरी कुल १५ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

सपोर्ट माइक्रोफाइनान्सको ९.५० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ । जसपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार ७२२.३७ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार ८८६ रुपैयाँ कायम थियो ।

आगामी कारोबारदेखि नयाँ समायोजित मूल्यका आधारमा यी सबै कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.