आईतवार, असार १५,२०८२ 01:36:13
  • आईतवार, असार १५,२०८२ 01:36:13
Global IME Bank Limited

सेयरबजारमा शिखर इन्स्योरेन्सको रु.४५ करोड लगानी, नेपाल रि को सेयरमा मात्रै ३६%

Hyundai Nepal
सेयरबजारमा शिखर इन्स्योरेन्सको रु.४५ करोड लगानी, नेपाल रि को सेयरमा मात्रै ३६%
Nabil Bank Limited

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनीले सूचीकृत कम्पनी अर्थात सेयरबजारमा ४५ करोड रुपैयाँ भन्दा बढी लगानी गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ५९ वटा कम्पनीको सेयरमा ४५ करोड ११ लाख ८७ हजार रुपैयाँ लगानी गरेको छ ।  

उक्त लगानी अघिल्लो आवको तुलनामा ५.९२ प्रतिशतले बढी हो । आव २०७८÷७९ मा कम्पनीले सेयरबजारमा ५८ वटा कम्पनीको सेयरमा कुल ४२ करोड ५९ लाख ७० हजार रुपैयाँ लगानी गरेको थियो ।  

गत आवमा मात्रै कम्पनीले पाँचवटा कम्पनीको संस्थापक सेयरमा समेत ठूलो लगानी गरेको छ । प्रभु बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एचआइडीसीएल र सेन्ट्रल फाइनान्सको प्रोमोटर सेयरमा मात्रै कम्पनीले १७ करोड ७५ लाख रुपैयाँ लगानी गरेको छ । जुन यो अघिल्लो आवको तुलनामा १९.६९  प्रतिशतले बढी हो ।  

अघिल्लो आवमा भने कम्पनीले प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र सेन्ट्रल फाइनान्सको प्रोमोटर सेयरमा मात्रै १४ करोड ८३ लाख रुपैयाँ लगानी गरेको थियो ।  

गत आवमा कम्पनीले सर्वाधिक नेपाल रि इन्स्योरेन्सको सेयरमा मात्रै १६ करोड २२ लाख रुपैयाँ लगानी गरेको छ । यो रकम कुल लगानीको ३५।९६ प्रतिशत हिस्सा हो । अर्थात् कुल लगानीको ३६ प्रतिशत रकम नेपाल रि इन्स्योरेन्समा मात्रै लगानी गरेको छ ।  

अघिल्लो आवको तुलनामा नेपाल रि को सेयरमा लगानी ०.२८ प्रतिशतले बढाएको छ । सो आवमा कम्पनीले १६ करोड १८ लाख रुपैयाँ लगानी गरेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

क्षेत्रगत अनुसार कम्पनीले सर्वाधिक वाणिज्य बैंकहरुको सेयरमा लगानी गरेको छ । गत आवमा १६ वटा वाणिज्य बैंकको साधारण सेयरमा ४ करोड ७० लाख रुपैयाँ लगानी गरेको छ । जुन यो अघिल्लो आवको तुलनामा ३.१७ प्रतिशतले बढी हो । सो आवमा कम्पनीले उक्त बैंकको सेयरमा ४ करोड ५५ लाख रुपैयाँ लगानी गरेको थियो । सबैभन्दा बढी एभरेष्ट बैंकको सेयरमा मात्रै १ करोड १६ लाख रुपैयाँ लगानी गरेको छ ।  

त्यस्तै, शिखर इन्स्योरेन्सले ४ वटा विकास बैंकको सेयरमा ७४ लाख ५९ हजार रुपैयाँ लगानी गरेको छ । यो लगानी भने अघिल्लो आवको तुलनामा ६.१६ प्रतिशतले कम हो । अघिल्लो आवमा ४ वटा विकास बैंकको सेयरमा कम्पनीले ७९ लाख ४९ हजार रुपैयाँ लगानी गरेको थियो ।  

यसका साथै कम्पनीले १४ वटा लघुवित्त संस्थाको सेयरमा कुल १ करोड १ लाख रुपैयाँ लगानी गरेको छ । यो लगानी अघिल्लो आवको तुलनामा ३१.६३ प्रतिशतले कम हो । लघुवित्त संस्थाहरुमा लाभांश क्षमता घट्दै गएपछि शिखर इन्स्योरेन्सले यस्ता कम्पनीको सेयरमा लगानी घटाएको छ । अघिल्लो आवमा कम्पनीले लघुवित्त संस्थाको साधारण सेयरमा १ करोड ४८ लाख ९८ हजार रुपैयाँ लगानी गरेको थियो ।  

त्यस्तै, कम्पनीले ९ वटा बीमा कम्पनीको सेयरमा १ करोड ७३ लाख ६० हजार रुपैयाँ लगानी गरेको छ । यो लगानी अघिल्लो आवको तुलनामा ०।९४ प्रतिशतले बढी हो । सो वर्षमा कम्पनीले १ करोड ७१ लाख ९९ हजार रुपैयाँ बीमा कम्पनीको सेयरमा लगानी गरेको थियो ।  

हाइड्रोपावरमा पनि कम्पनीले ४।५० प्रतिशतले लगानी बढाएका छ । गत आवमा ७ वटा हाइड्रोपावरको सेयरमा ३० लाख ६८ हजार रुपैयाँ लगानी गरेको छ । अघिल्लो आवमा भने ५ वटा जलविद्युत कम्पनीको सेयरमा २९ लाख ३६ हजार रुपैयाँ लगानी गरेको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.