काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २ लाख कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले पुस २३ गतेभित्र काठमाण्डौको नक्सालमा रहेको मुक्तिनाथ क्यापिटलमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४ सय रुपैयाँ निर्धारण गरिएको छ ।
आवेदन पेश गर्दा सम्पूर्णू कित्ता खरिदका लागि दिनु पर्नेछ ।

