मंगलवार, फाल्गुन ५,२०८२ 07:04:36
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 07:04:36
Bizshala
Global IME Bank Limited

यी ८ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

यी ८ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ८ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज एलआईसी नेपाल, इमर्जिङ नेपाल, निर्धन उत्थान लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, चिलिमे जलविद्युत कम्पनी, अपर हेवाखोला हाईड्रोपावर,महुली लघुवित्त र फर्स्ट माईक्रोफाइनान्स लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यी कम्पनीहरुले पुस १७ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा सेयर कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै यी कम्पनीहरुद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

कुन कम्पनीको लाभांश कति ?

एलआईसी नेपाल

कम्पनीले आव २०८१/८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको २१.०५ प्रतिशत नगद लाभांश(करसहित) दिने निर्णय गरेको छ ।

इमर्जिङ नेपाल

कम्पनीले आव २०८१/८२ को अन्त्यसम्मको मुनाफा तथा सञ्चित कोषबाट हाल कायम चुक्तापूँजीको ५.२६३१५ प्रतिशत नगद लाभांश(कर समेत) प्रदान गर्ने घोषणा गरेको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

निर्धन उत्थान लघुवित्त

संस्थाले आव २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट २०८२ असार मसान्तसम्म कायम चुक्तापूँजी २ अर्ब ६१  करोड २० लाख रुपैयाँको ५ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश(कर समेत)गरी कुल १२ प्रतिशत लाभांश दिने भएको छ ।

ग्रीन डेभलपमेन्ट बैंक

बैंकले गत आवसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको ८.०३९६ प्रतिशत बोनस सेयर र ०.४२३१४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ८.४६२७४ प्रतिशत लाभांशको प्रदान गर्ने निर्णय गरेको छ ।  

चिलिमे जलविद्युत कम्पनी

कम्पनीले आव २०८१/८२ को मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको ८ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश(कर समेत) गरी कुल १२ प्रतिशत लाभांश दिने भएको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

अपर हेवाखोला हाईड्रोपावर

कम्पनीले आव २०८१/८२ सम्मको सञ्चित मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश प्रदान गर्ने घोषणा गरेको छ ।

महुली लघुवित्त

संस्थाले आव २०८१/८२ सम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

फर्स्ट माईक्रोफाइनान्स लघुवित्त

संस्थाले गत आवका लागि सेयरधनीहरुलाई ६.५ प्रतिशत नगद लाभांश (कर समेत) प्रदान गर्ने निर्णय गरेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.