शुक्रबार, श्रावण २२,२०८३ 11:10:55
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 11:10:55
Bizshala
Global IME Bank Limited

यी १४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

यी १४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
New Office

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत १४ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज नेपाल टेलिकम, सूर्यज्योति लाइफ इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, कालिका पावर,अपि पावर,अरुण भ्याली हाइड्रो, युनाइटेड इदीमार्दी एण्ड आरवि,स्वरोजगार लघुवित्त,समता घरेलु लघुवित्त,ग्लोबल आईएमई लघुवित्त,हिमालयन लघुवित्त,श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र मेरो माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यी कम्पनीहरुले पुस १८ १९ र २० गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा सेयर कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै यी कम्पनीहरुद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

कुन कम्पनीको लाभांश कति ?

नेपाल टेलिकम

कम्पनीले प्रतिसेयर ३० रुपैयाँका दरले नगद लाभांश दिने निर्णय गरेको छ ।

सूर्यज्योति लाइफ इन्स्योरेन्स

कम्पनीले सेयरधनीहरुले हाल कायम चुक्तापूँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७ रुपैयाँको १३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) प्रदान गर्ने निर्णय गरेको छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स

कम्पनीले हाल कायम चुक्तापूँजीको २५ प्रतिशत नगद लाभांश(नगद लाभांशमा लाग्ने कर समेत) को घोषणा गरेको छ ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स

कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि हाल कायम चुक्तापूँजीको १५ प्रतिशत नगद लाभांश(करसहित)प्रदान गर्ने निर्णय गरेको छ ।  

कालिका पावर

कम्पनीले आव २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको ७ प्रतिशत बोनर सेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशतले हुन आउने नगद लाभांश(कर प्रयोजनका लागि) प्रदान गर्ने निर्णय गरेको छ ।  

अपि पावर

कम्पनीले गत आवको सञ्चित मुनाफाबाट चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

अरुण भ्याली हाइड्रो

कम्पनीले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांशको घोषणा गरेको छ ।

युनाइटेड इदीमार्दी एण्ड आरवि

कम्पनीले आव २०८१/८२ को खुद मुनाफा तथा सञ्चित नाफाबाट चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ५.२६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

स्वरोजगार लघुवित्त

संस्थाले आव २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायय चुक्तापूँजीको १४.२५ बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल १५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।  

समता घरेलु लघुवित्त

संस्थाले आर्थिक वर्ष २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल ५.६३२ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

ग्लोबल आईएमई लघुवित्त

संस्थाले आर्थिक वर्ष २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट असार मसान्तसम्मको कुल चुक्तापूँजीको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

हिमालयन लघुवित्त

संस्थाले आव २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट २०८२ असार मसान्तसम्म कायम रहेको चुक्तापूँजीको ६.६५ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद लाभांश गरी कुल ७ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स

कम्पनीले गत आवको वितरणयोग्य मुनाफाबाट विद्यमान चुक्तापूँजी १ अर्बको ६.४० नगद लाभांश(कर समेत) प्रदान गर्ने घोषणा गरेको छ ।

मेरो माइक्रोफाइनान्स

कम्पनीले गत आवको वितरणयोग्य मुनाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.