सोमबार, जेष्ठ ४,२०८३ 03:05:57
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 03:05:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेप्सेमा यी ९ कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

Laxmi Sunrise Bank Limited
नेप्सेमा यी ९ कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ९ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा युनाइटेड इदीमार्दी एण्ड आरवि, समता घरेलु लघुवित्त, हिमालयन लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, अरुण भ्याली हाईड्रोपावर, अपि पावर कम्पनी, स्वरोजगार लघुवित्त, मेरोमाइक्रोफाइनान्स लघुवित्त र कालिका पावरको सेयरमूल्य समायोजन भएको हो । यी सबै कम्पनीले गत आवका लागि आफ्ना सेयरधनीहरुका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।

समायोजनपश्चात युनाइटेड इदीमार्दी एण्ड आरविको सेयरमूल्य प्रतिकित्ता ५१९.०५ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५४५ रुपैयाँ कायम थियो । कम्पनीले आव २०८१/८२ को खुद मुनाफा तथा सञ्चित नाफाबाट चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ५.२६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

यस्तै समता घरेलु लघुवित्तले प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन हुँदै सेयरमूल्य प्रतिकित्ता ७६४.७६ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि संस्थाको सेयरमूल्य प्रतिकित्ता ८०३ रुपैयाँ कायम थियो । संस्थाले आर्थिक वर्ष २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल ५.६३२ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

Bizshala
New Office
CG Motors

हिमालयन लघुवित्तको सेयरमूल्य समायोजन हुँदै प्रतिकित्ता ८७२.०१ रुपैयाँ निर्धारण भएको छ । संस्थाले आव २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट २०८२ असार मसान्तसम्म कायम रहेको चुक्तापूँजीको ६.६५ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद लाभांश गरी कुल ७ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

ग्लोबल आइएमई लघुवित्तको ४.७५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ । जसपश्चात संस्थाको सेयरमूल्य प्रतिकित्ता १  हजार ११६.९५ रुपैयाँ कायम भएको छ । समायोजन अघि संस्थाको सेयरमूल्य प्रतिकित्ता १ हजार १७० रुपैयाँ कायम थियो । संस्थाले आर्थिक वर्ष २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट असार मसान्तसम्मको कुल चुक्तापूँजीको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

अरुण भ्याली हाईड्रोपावरको सेयरमूल्य समायोजन हुँदै प्रतिकित्ता २६०.८६ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता २७३.९० रुपैयाँ कायम थियो । कम्पनीले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांशको घोषणा गरेको छ ।

अपि पावरको सेयरमूल्य समायोजन हुँदै प्रतिकित्ता २८० रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता २९४ रुपैयाँ कायम थियो । कम्पनीले गत आवको सञ्चित मुनाफाबाट चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

स्वरोजगार लघुवित्तको सेयरमूल्य समायोजन हुँदै प्रतिकित्ता ८२८.०१ रुपैयाा कायम भएको छ । संस्थाले आव २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायय चुक्तापूँजीको १४.२५ बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल १५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।  

मेरो माइक्रोफाइनान्सले घोषणा गरेको ४.७५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन हुँदै प्रतिकित्ता ७११.७९ रुपैयाा कायम भएको छ । कम्पनीले गत आवको वितरणयोग्य मुनाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।  

यस्तै कालिका पावरको पनि सेयरमूल्य समायोजन हुँदै ५३०.८४ रुपैयाँ निर्धारण भएको छ । समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५६८ रुपैयाँ कायम थियो । कम्पनीले आव २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको ७ प्रतिशत बोनर सेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशतले हुन आउने नगद लाभांश(कर प्रयोजनका लागि) प्रदान गर्ने निर्णय गरेको छ ।  

आगामी कारोबारदेखि नयाँ समायोजित मूल्यका आधारमा यी सबै कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.