मंगलवार, फाल्गुन ५,२०८२ 07:04:07
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 07:04:07
Bizshala
Global IME Bank Limited

यी ७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

यी ७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ७ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज सीआईटी, प्राइम कमर्सियल बैंक, रिलायबल नेपाल लाइफ, प्रभु महालक्ष्मी लाइफ, हिमालयन एभरेष्ट इन्स्योरेन्स, जीवन विकास लघुवित्त र कालिका लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यी कम्पनीहरुले पुस २१ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा सेयर कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै यी कम्पनीहरुद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

कुन कम्पनीको लाभांश कति ?

सीआईटी

कम्पनीले आव २०८१/८२ को आम्दानी बाँडफाँड हिसाब वितरणबाट कोषका सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश(कर समेत) गरी कुल १३ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

प्राइम कमर्सियल बैंक

बैंकले गत आवका लागि सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश(करसहित) प्रदान गर्ने निर्णय गरेको छ ।

रिलायबल नेपाल लाइफ

कम्पनीले आव २०८१/८२ का लागि ६२ करोड ३६ लाख ३९ हजार ३८५ रुपैयाँबराबरको नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

प्रभु महालक्ष्मी लाइफ

कम्पनीले गत आवको वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको ४.४२१ प्रतिशत नगद लाभांश(करसहित) ४ प्रतिशत बोनस सेयर गरी कुल ८.४२१ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

हिमालयन एभरेष्ट इन्स्योरेन्स

कम्पनीले हाल कायम चुक्तापूँजी २ अर्ब ५० करोड रुपैयाँको ८ प्रतिशत नगद लाभांश(कर समेत) प्रदान गर्ने निर्णय गरेको छ ।  

जीवन विकास लघुवित्त

संस्थाले आव २०८१/८२ सम्मको सञ्चित मुनाफाबाट १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश प्रदान गर्ने घोषणा गरेको छ ।

कालिका लघुवित्त

संस्थाले आव २०८१/८२ का लागि १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) प्रदान गर्ने निर्णय गरेको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.