मंगलवार, माघ १३,२०८२ 08:30:18
Bizshala
  • मंगलवार, माघ १३,२०८२ 08:30:18
Bizshala
Global IME Bank Limited
Bizshala

अमेरिकी पूर्व उपराष्ट्रपतिद्वारा ट्रम्प प्रशासनको भेनेजुएला कारबाहीको कडा आलोचना

अमेरिकी पूर्व उपराष्ट्रपतिद्वारा ट्रम्प प्रशासनको भेनेजुएला कारबाहीको कडा आलोचना
Shivam Cement

काठमाण्डौ । अमेरिकाकी पूर्व उपराष्ट्रपति कमला ह्यारिसले शनिबार साँझ ट्रम्प प्रशासनद्वारा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिने कारबाहीको कडा आलोचना गरेकी छन्। उनले उक्त कदमलाई ‘गैरकानुनी’ र ‘अनावश्यक’ भन्दै आपत्ति जनाएकी हुन्।

सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लामो पोस्ट गर्दै ह्यारिसले मादुरोलाई ‘क्रूर’ र ‘अवैध’ शासक माने पनि, भेनेजुएलामा गरिएको उक्त कारबाहीले अमेरिका ‘अझ सुरक्षित, बलियो वा किफायती’ नबनाएको उल्लेख गरिन्।

ह्यारिसले लेखेकी छन्, ‘डोनाल्ड ट्रम्पको भेनेजुएलामा गरिएको कारबाहीले अमेरिका अझ सुरक्षित, बलियो वा सस्तो बनाउँदैन। मादुरो क्रूर र अवैध तानाशाह भए पनि, यसले यो तथ्य परिवर्तन गर्दैन कि उक्त कदम गैरकानुनी र गलत थियो। यस्ता उदाहरण हामीले अघिपनि देखेका छौं।’

Bizshala
Garima Development Bank
New Office

उनका अनुसार सत्ता परिवर्तन वा तेलको नाममा लडिने युद्धहरूलाई शक्तिको प्रदर्शनका रूपमा प्रस्तुत गरिए पनि अन्ततः ती अराजकतामा परिणत हुन्छन्, जसको मूल्य अमेरिकी परिवारहरूले चुकाउनुपर्ने हुन्छ।

उक्त कारबाहीपछि राष्ट्रपति मादुरो र उनकी पत्नीलाई भेनेजुएलाबाट अमेरिका लगिएको छ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

ह्यारिसले ट्रम्प प्रशासनमाथि आरोप लगाउँदै यो कदम न त मादक पदार्थ तस्करी रोक्नका लागि हो, न त लोकतन्त्र प्रवर्द्धनका लागि, बरु यसका पछाडि तेलसँग सम्बन्धित स्वार्थ रहेको बताइन्।

उनले थप भनिन्, ‘यदि उनीहरूलाई साँच्चिकै यी विषयमा चासो हुन्थ्यो भने, दोषी लागूऔषध तस्करलाई माफी दिने थिएनन् र मादुरोका नजिकका व्यक्तिहरूसँग सम्झौता गर्दै भेनेजुएलाको वैध विपक्षलाई किनारामा पार्ने थिएनन्।’

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.