मंगलवार, फाल्गुन ५,२०८२ 07:04:08
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 07:04:08
Bizshala
Global IME Bank Limited

नेप्सेमा यी ५ कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

नेप्सेमा यी ५ कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ५ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा नागरिक लगानी कोष, प्राइम कमर्सियल बैंक, जीवन विकास लघुवित्त, कालिका लघुवित्त र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको हो । यी सबै कम्पनीले गत आवका लागि आफ्ना सेयरधनीहरुका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।

समायोजनपश्चात सीआईटीको सेयरमूल्य प्रतिकित्ता १ हजार ७५३.१४ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार ८४० रुपैयाँ कायम थियो । कम्पनीले आव २०८१/८२ को आम्दानी बाँडफाँड हिसाब वितरणबाट कोषका सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश(कर समेत) गरी कुल १३ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यस्तै प्राइम कमर्सियल बैंकले प्रस्ताव गरेको ८ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन हुँदै सेयरमूल्य प्रतिकित्ता २३९.७२ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि बैंकको सेयरमूल्य प्रतिकित्ता २५८.९ रुपैयाँ कायम थियो । बैंकले गत आवका लागि सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश(करसहित) प्रदान गर्ने निर्णय गरेको छ ।

जीवन विकास लघुवित्तको सेयरमूल्य समायोजन हुँदै प्रतिकित्ता १ हजार २९८.३३ रुपैयाँ निर्धारण भएको छ । संस्थाले आव २०८१÷८२ सम्मको सञ्चित मुनाफाबाट १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश प्रदान गर्ने घोषणा गरेको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

कालिका लघुवित्तको १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ । जसपश्चात संस्थाको सेयरमूल्य प्रतिकित्ता ९८२.७३ रुपैयाँ कायम भएको छ । समायोजन अघि संस्थाको सेयरमूल्य प्रतिकित्ता १ हजार ८१ रुपैयाँ कायम थियो ।

यसैगरी प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन हुँदै प्रतिकित्ता ४८०.७७ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५०० रुपैयाँ कायम थियो । कम्पनीले गत आवको वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको ४.४२१ प्रतिशत नगद लाभांश(करसहित) ४ प्रतिशत बोनस सेयर गरी कुल ८.४२१ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।  

आजको कारोबारदेखि नयाँ समायोजित मूल्यका आधारमा यी सबै कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.