मंगलवार, फाल्गुन ५,२०८२ 07:04:09
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 07:04:09
Bizshala
Global IME Bank Limited

यी ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

यी ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ३ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज एनएलजी इन्स्योरेन्स, बिन्धवासिनी हाइड्रो र नेशनल लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यी कम्पनीहरुले पुस २२ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा सेयर कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै यी कम्पनीहरुद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कुन कम्पनीको लाभांश कति ?

एनएलजी इन्स्योरेन्स

कम्पनीले गत आवसम्मको सञ्चित मुनाफाबाट ४ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल ७ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । जसमा कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत छुट्टाइएको छ । लाभांश पारित गर्न कम्पनीले पुस ३० गते २० औँ वार्षिक साधारण सभा डाकेको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

बिन्धवासिनी हाइड्रो

कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ । यही पुस ३० गते आयोजना हुन लागेको कम्पनीको वार्षिक साधारण सभाबाट पारित गरी उक्त लाभांश सेयरधनीहरुलाई वितरण गरिनेछ ।

नेशनल लघुवित्त

संस्थाले गत आवका लागि हाल कायम चुक्तापूँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.