काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ३ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज एनएलजी इन्स्योरेन्स, बिन्धवासिनी हाइड्रो र नेशनल लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यी कम्पनीहरुले पुस २२ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा सेयर कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै यी कम्पनीहरुद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।
कुन कम्पनीको लाभांश कति ?
एनएलजी इन्स्योरेन्स
कम्पनीले गत आवसम्मको सञ्चित मुनाफाबाट ४ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल ७ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । जसमा कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत छुट्टाइएको छ । लाभांश पारित गर्न कम्पनीले पुस ३० गते २० औँ वार्षिक साधारण सभा डाकेको छ ।
बिन्धवासिनी हाइड्रो
कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ । यही पुस ३० गते आयोजना हुन लागेको कम्पनीको वार्षिक साधारण सभाबाट पारित गरी उक्त लाभांश सेयरधनीहरुलाई वितरण गरिनेछ ।
नेशनल लघुवित्त
संस्थाले गत आवका लागि हाल कायम चुक्तापूँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।

