काठमाण्डौ । नेपालमा लोकप्रिय ऊर्जा पेय ब्रान्ड एक्स्ट्रिम इनर्जी ड्रिंक र म्याक्स टाइगर इनर्जी ड्रिंकले ‘World Cup Xtreme Energy Drink Fan’ र ‘World Cup Max Tiger Energy Drink Fan’ योजना सार्वजनिक गरेका छन्।
यस योजनाअन्तर्गत भाग्यशाली उपभोक्ताहरूले ४ दिनको मुम्बई भ्रमण सहित T20 विश्वकपमा नेपालको एक खेल प्रत्यक्ष हेर्ने अवसर पाउनेछन्।
ब्रान्डका अनुसार, योजना अन्तर्गत नेपालका १५ प्रमुख शहरमा आयोजना हुने प्रचार कार्यक्रममार्फत १५ जना र सामाजिक सञ्जालमार्फत २५ जना गरी कुल ४० जना विजेताहरू छनोट गरिनेछ।
योजनामा सहभागी हुनका लागि, उपभोक्ताहरूले एक्स्ट्रिम वा म्याक्स टाइगर इनर्जी ड्रिंक खरिद गरी फोटो वा भिडियो बनाएर फेसबुक वा इन्स्टाग्राममा #T20XtremeEnergydrink र #T20maxtigerEnergydrink ह्यासट्यागसहित पोस्ट गर्नुपर्नेछ।
विजेताहरूको घोषणा यस प्रकार हुनेछ:
-सामाजिक सञ्जालबाट छनोट हुने २५ जनाको घोषणा फेसबुक लाइभमार्फत गोलाप्रथाबाट गरिनेछ।
-प्रचार कार्यक्रममा खरिद गर्ने १५ जना विजेताको छनोट कार्यक्रम स्थलमै गोलाप्रथाबाट गरिनेछ।
योजना पौष १७ देखि माघ १६ सम्म लागू हुनेछ। यसबारे थप जानकारी र कार्यक्रम हुने शहर तथा स्थानका विवरण एक्स्ट्रिम इनर्जी ड्रिंक र म्याक्स टाइगर इनर्जी ड्रिंकका आधिकारिक फेसबुक पेज मार्फत उपलब्ध हुनेछन्।

