बुधबार, श्रावण २७,२०८३ 02:35:49
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 02:35:49
Bizshala
Global IME Bank Limited

यी ३ कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

Prabhu Bank Limited
यी ३ कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
New Office

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ३ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा एनएलजी इन्स्योरेन्स, बिन्धवासिनी हाइड्रो र नेशनल लघुवित्तको सेयरमूल्य समायोजन भएको हो । यी सबै कम्पनीले गत आवका लागि आफ्ना सेयरधनीहरुका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।

समायोजनपश्चात एनएलजी इन्स्योरेन्सको सेयरमूल्य प्रतिकित्ता ६७१.१५ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६९८ रुपैयाँ कायम थियो । कम्पनीले गत आवसम्मको सञ्चित मुनाफाबाट ४ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल ७ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । जसमा कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत छुट्टाइएको छ । लाभांश पारित गर्न कम्पनीले पुस ३० गते २० औँ वार्षिक साधारण सभा डाकेको छ ।

यस्तै बिन्धवासिनी हाइड्रोले प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन हुँदै सेयरमूल्य प्रतिकित्ता ४५५.१४ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४७७.९० रुपैयाँ कायम थियो । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ । यही पुस ३० गते आयोजना हुन लागेको कम्पनीको वार्षिक साधारण सभाबाट पारित गरी उक्त लाभांश सेयरधनीहरुलाई वितरण गरिनेछ ।

नेशनल लघुवित्तको सेयरमूल्य समायोजन हुँदै प्रतिकित्ता १ हजार १४२.२३ रुपैयाँ निर्धारण भएको छ । स्थाले गत आवका लागि हाल कायम चुक्तापूँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।

आजको कारोबारदेखि नयाँ समायोजित मूल्यका आधारमा यी कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.