बिहीबार, बैशाख ३१,२०८३ 03:34:47
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 03:34:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ट्रम्पको लोभी नजर: भेनेजुएलामा तेल मात्र होइन, सुन र दुर्लभ धातुको अपार भण्डार रहेको खुलासा

Laxmi Sunrise Bank Limited
ट्रम्पको लोभी नजर: भेनेजुएलामा तेल मात्र होइन, सुन र दुर्लभ धातुको अपार भण्डार रहेको खुलासा
Shivam Cement

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामाथि पूर्ण नियन्त्रण स्थापित गर्दै त्यहाँका अपार प्राकृतिक सम्पदामाथि अमेरिकी कम्पनीहरूलाई खुला छुट दिने घोषणा गरेका छन् । 

केवल विश्वकै सबभन्दा ठूलो कच्चा तेलको भण्डार मात्र होइन, ट्रम्पको मुख्य लक्ष्य भेनेजुएलाको सुन, कोल्टान (नीलो सुन) र अन्य दुर्लभ पृथ्वी धातुहरू पनि रहेको खुलासा भएको छ ।

Bizshala
New Office
CG Motors

ट्रम्पले स्पष्ट शब्दमा भनेका छन् – "हामी तेलको व्यापारमा छौं । हाम्रा ठूला तेल कम्पनीहरू भेनेजुएला जानेछन्, अर्बौं डलर लगानी गरेर क्षतिग्रस्त पूर्वाधार मर्मत गर्नेछन् र ठूलो मात्रामा उत्पादन सुरु गर्नेछन् । जति खर्च गर्छौं, त्यो भन्दा कैयौं गुणा पैसा जमिनबाट निस्कनेछ ।"

भेनेजुएलासँग विश्वमै सबैभन्दा ठूलो ३०३ अर्ब ब्यारेल कच्चा तेलको प्रमाणित भण्डार छ, जसको बजार मूल्य हालको मूल्यमा करिब १७.३ ट्रिलियन डलर (अर्थात् १७,३०० अर्ब डलर) बराबर छ । ओरिनोको बेल्टमा मात्र अतिरिक्त १,२०० अर्ब ब्यारेल अतिभारी कच्चा तेल छ, जुन विश्वको परम्परागत तेल भण्डार बराबर हो ।

तर ट्रम्पको भोक तेलमा मात्र सीमित छैन । भेनेजुएलाको दक्षिणी जंगल र गुइयाना शिल्ड क्षेत्रमा १०,००० टनभन्दा बढी सुनको भण्डार छ । २०० भन्दा बढी सुन खानीहरू छन्, जसमा ८,००० मेट्रिक टनसम्म उच्च शुद्धताको सुन (७०–९५%) निकाल्न सकिन्छ । यसैगरी, टिन, टंगस्टन, टेन्टालम र कोल्टानजस्ता दुर्लभ धातुहरूको अपार भण्डार छ । कोल्टानलाई 'नीलो सुन' भनिन्छ, जसको प्रयोग स्मार्टफोन, इलेक्ट्रिक गाडी र अत्याधुनिक हतियारमा हुन्छ ।

Garima Development Bank
Shivam Cement
IME remit

स्वर्गीय राष्ट्रपति ह्युगो चावेजले कोल्टानको विशाल भण्डार घोषणा गरेका थिए भने निकोलस मादुरोले सन् २०१६ मा ११२,००० वर्ग किलोमिटर क्षेत्रलाई 'ओरिनोको माइनिङ आर्क' घोषित गर्दै खानी विकासको ढोका खोलेका थिए ।

अमेरिकी सेनाले काराकासमा आक्रमण गरी राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरेको घटनापछि ट्रम्प प्रशासनले भेनेजुएलामाथि पूर्ण कब्जा जमाएको छ । यसको मुख्य उद्देश्य चीन र रुसको प्रभाव घटाउनु र अमेरिकी कम्पनीहरूलाई तेल, सुन तथा दुर्लभ धातुको खजानामाथि एकाधिकार दिनु रहेको विज्ञहरू बताउँछन् ।

विश्व ऊर्जा बजारमा ठूलो तरंग पैदा गरेको यस घटनाक्रमले भेनेजुएलालाई '२१औं शताब्दीको सबैभन्दा ठूलो खजाना' बनाएको छ । अब अमेरिकी झण्डामुनि भेनेजुएलाको जमिनबाट ट्रिलियन डलरको सम्पदा निस्कने निश्चित भएको छ ।

यो घटना विश्व राजनीति र अर्थतन्त्रको लागि ऐतिहासिक मोड साबित हुनेछ !

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.