आईतवार, श्रावण १०,२०८३ 11:30:09
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 11:30:09
Bizshala
Global IME Bank Limited

नेपाल लाइफको १६.०६% नगद लाभांश सेयरधनीको खातामा जम्मा

नेपाल लाइफको १६.०६% नगद लाभांश सेयरधनीको खातामा जम्मा
New Office

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरुको खातामा नगद लाभांश जम्मा गरेको छ । कम्पनीले पुस १९ गतेको साधारण सभाबाट पारित भएको १६.०६ प्रतिशत नगद लाभांश(बोनस तथा नगद लाभांशमा लाग्ने कर प्रयोजनका लागि)पुस २० गतेदेखि सेयरधनीहरुको बैंक खातामा आईपीएसमार्फत जम्मा गरेको हो ।  

पुस ६ गतेसम्म आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीहरुको हकमा उक्त नगद  लाभांश जम्मा गरिएको सेयर रजिष्ट्रार नेपाल लाइफ क्यापिटलले जनाएको छ । हालसम्म पनि हितग्राही खाता नखोलेको वा हितग्राही खातामा आफ्नो बैंक खाता नम्बर अद्यावधिक नगरेको लाभांश प्राप्त गर्न यथाशीघ्र आफ्नो बैंक खाता तथा प्यान नम्बर अद्यावधिक गर्न कम्पनीले आग्रह गरेको छ ।

साथै, बैंक खातामा नगद लाभांश जम्मा गर्दा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नियमानुसार कुनै शुल्क लाग्ने भएमा सो शुल्क सेयरधनीहरुले नै व्यहोर्नु पर्ने समेत कम्पनीले स्पष्ट पारेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.