काठमाण्डौे । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार रुसबाट तेल खरिद गरेको विषयलाई लिएर भारतमाथि लगाइएको ट्यारिफका कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफूहरूसँग खुसी नभएको बताएका छन्।
वाशिङ्टन डीसीमा हाउस रिपब्लिकन पार्टीका सदस्यहरूको सम्मेलनलाई सम्बोधन गर्दै ट्रम्पले प्रधानमन्त्री मोदीसँगको भेटबारे उल्लेख गरे। उनले मोदीले आफूलाई भेट्न आग्रह गरेको समेत बताए ।
ट्रम्पले प्रधानमन्त्री मोदीसँग आफ्नो सम्बन्ध राम्रो रहेको दाबी गर्दै भने, ‘हामीबीच निकै राम्रो सम्बन्ध छ, तर अहिले भारतले उच्च ट्यारिफ तिर्नुपरेको कारण उनी खुसी छैनन्।’
आफ्नो सम्बोधनका क्रममा ट्रम्पले भारतले रुसबाट तेल खरिद कम गरेको दाबी पनि दोहोर्याए। अमेरिकाले भारतमाथि कुल ५० प्रतिशत ट्यारिफ लगाएको छ, जसमा रुसबाट तेल खरिद गरेबापत २५ प्रतिशत ट्यारिफ दण्डस्वरूप लगाइएको हो।
यसका साथै ट्रम्पले भारतले विगत पाँच वर्षदेखि अपाचे हेलिकप्टरको प्रतीक्षा गरिरहेको जानकारी आफूलाई दिएको पनि बताए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।