आईतवार, असार १५,२०८२ 05:09:45
  • आईतवार, असार १५,२०८२ 05:09:45
Global IME Bank Limited

द ब्रिटिस कलेजले सुरु गर्‍यो ‘आर्टिफिसियल इन्टिलिजेन्स’ कोर्स, भर्ना आवेदन खुला

Hyundai Nepal
द ब्रिटिस कलेजले सुरु गर्‍यो ‘आर्टिफिसियल इन्टिलिजेन्स’ कोर्स, भर्ना आवेदन खुला
Nabil Bank Limited

काठमाण्डौ । द ब्रिटिस कलेज (टीबीसी) ले नयाँ शैक्षिक कार्यक्रम बीएससी (अनर्स) कम्प्युटर साइन्स (आर्टिफिसियल इन्टिलिजेन्स) सुरु गरेको छ ।  

ब्रिटिस एजुकेसन ग्रूप अन्तर्गतको ब्रिटिस कलेजले हालै एक कार्यक्रमको आयोजना गर्दै नयाँ पाठ्यक्रमको औपचारिक सुरुवात गरेको हो । 

CG Motors
Muktinath Bikas Bank Limited

‘युनिभर्सिटी अफ द वेस्ट अफ इङ्गल्यान्ड’, युकेसँगको साझेदारीमा सञ्चालित यस विषयलाई बेलायतको इन्जिनियरिङ काउन्सिल र ब्रिटिस कम्प्युटर सोसाइटीले पनि मान्यता दिएको छ ।

फिनटेक अलायन्स नेपालको सहकार्यमा भएको उद्घाटन समारोहमा नेपालका लागि बेलायती राजदूत रोब फेनले युके र नेपाल बीच बलियो सम्बन्धलाई सुदृढ गर्दै यस अग्रगामी कार्यक्रमको सुरुवात भएकोमा आफूलाई खुसी लागेको बताए ।  

उनले  ब्रिटिस कलेज र युनिभर्सिटी अफ वेस्ट अफ इङ्गल्याण्डबीचको सहकार्यले शिक्षा र नवप्रवर्तनलाई बढवा दिने प्रतिबद्धतालाई अझै झल्काएको पनि बताए ।

यसैगरी, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले डिजिटल वालेटको युगबारे आफ्ना भनाइहरू राखेका थिए ।  

कार्यक्रममा फिनटेक अलायन्सका अध्यक्ष सञ्जीव सुब्बाले डिजिटल वालेटको भविष्यमा आर्टिफिसियल इन्टिलिजेन्स(एआई) महत्वपूर्ण रहेको उल्लेख गर्दै एआईले फिनटेकमा ठूला परिवर्तन ल्याउन सक्ने बताए ।  

उनले आईटीको क्षेत्रमासिङ्गो देशलाई रूपान्तरण गर्ने अन्तरराष्ट्रिय मान्यता प्राप्त युकेका विश्वविद्यालयका कार्यक्रमहरू नेपालमा ल्याएकोमा ब्रिटिस कलेजलाई धन्यवाद दिएका थिए ।

त्यस्तै, ब्रिटिस कलेजका डेपुटी प्रिन्सिपल डा प्याट्रिक म्याकक्रडनले सुदृढ भविष्यको लागि नयाँ प्रतिभालाई सहि आकार दिन सँधै ध्यान केन्द्रित गरेको बताए ।  

साथै उनले विश्वभरका उद्योगहरूले एआई प्लेटर्फमहरु अंगाल्नथालेको अवस्थामा यस्तो प्रकारको पाठ्यक्रमले दक्ष जनशक्तिहरूको आवश्यकतालाई सम्बोधन गर्ने बताए । 

उनले विश्वभरि नै सबैभन्दा धेरै माग गरिएको यस बहुप्रतिक्षित विषय अध्ययन गर्न चाहनेहरूको लागि भर्ना आवेदन खुला भइसकेको पनि बताए ।

कार्यक्रममा डिजिटल वालेट प्लेटर्फमहरु– ई–सेवा, खल्ती, आईएमई पेका प्रतिनिधि तथा उद्योगी/व्यवसायीलगायतका व्यक्तिहरूको उपस्थिति थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.