Bizshala
  • शनिबार, पुष २६,२०८२ 06:00:45
Bizshala
Global IME Bank Limited

पाँच महिनामा वस्तु निर्यात ५८.२% ले वृद्धि, व्यापार घाटा पनि बढ्यो

Hyundai Nepal
पाँच महिनामा वस्तु निर्यात ५८.२% ले वृद्धि, व्यापार घाटा पनि बढ्यो
Shivam Cement

काठमाण्डौ । आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा नेपालको कुल वस्तु निर्यात उल्लेख्य रूपमा वृद्धि भएको छ। समीक्षा अवधिमा कुल निर्यात ५८.२ प्रतिशतले बढेर ११६ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निर्यात १६.५ प्रतिशतले मात्र वृद्धि भएको थियो।

गन्तव्यका आधारमा हेर्दा भारततर्फको निर्यात ८२.७ प्रतिशतले वृद्धि भएको छ भने अन्य मुलुकतर्फको निर्यात ५.५ प्रतिशतले बढेको छ। यद्यपि चीनतर्फको निर्यातमा ७३.३ प्रतिशतको तीव्र गिरावट आएको छ।

वस्तुगत आधारमा भटमासको तेल, अलैंची, पाम तेल, जुटका सामग्री, जुत्ता तथा चप्पलजस्ता वस्तुको निर्यात बढेको छ। तर जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा र हस्तकलाका सामग्रीको निर्यात घटेको छ।

CG Motors
Bizshala
Garima Development Bank

यसै अवधिमा कुल वस्तु आयात १५.८ प्रतिशतले वृद्धि भई ७६६ अर्ब १९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा आयात ३.० प्रतिशतले वृद्धि भएको थियो। आयात गर्ने मुलुकका आधारमा भारतबाट ५.७ प्रतिशत, चीनबाट २४.६ प्रतिशत र अन्य मुलुकबाट ४०.८ प्रतिशतले आयात बढेको छ।

वस्तुगत रूपमा भटमासको कच्चा तेल, रासायनिक मल, सुन, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्ट्स र चाँदीको आयात बढेको छ। तर हट रोल्ड सिट (इन क्वाइल), लसुन, खाने तेल, तेलहन र दाललगायतका वस्तुको आयात घटेको छ।

New Office
Laxmi Sunrise Bank Limited
IME remit

निर्यातभन्दा आयात तीव्र रूपमा बढ्दा समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १०.५ प्रतिशतले वृद्धि भई ६४९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा १.५ प्रतिशतले मात्र वृद्धि भएको थियो। यस अवधिमा निर्यात–आयात अनुपात १५.२ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ११.१ प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रामा भुक्तानी गरी ६९ अर्ब ४५ करोड रुपैयाँ बराबरको वस्तु आयात गरिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७२ अर्ब ८४ करोड रुपैयाँ बराबरको रहेको थियो।

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.