बुधबार, श्रावण २७,२०८३ 03:47:44
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 03:47:44
Bizshala
Global IME Bank Limited

सर्वसाधारणका लागि प्रभु बैंक र स्वावलम्बन लघुवित्तको संस्थापक सेयर बिक्री गरिने, न्यूनतम मूल्य कति ?

Prabhu Bank Limited
सर्वसाधारणका लागि प्रभु बैंक र स्वावलम्बन लघुवित्तको संस्थापक सेयर बिक्री गरिने, न्यूनतम मूल्य कति ?
New Office

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रभु बैंकको संस्थापक सेयर लिलामीमा राखिने भएको छ । प्रभु बैंकको संस्थापक समूहको ६१ हजार ७६२ कित्ता र स्वावलम्बन लघुवित्तका संस्थापक समूहको १४ हजार ७१० कित्ता गरी कुल ७६ हजार ४७२ कित्ता सेयर आगामी चैत २५ गतेदेखि बिक्रीमा राखिने भएको हो ।   

यो सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरु तथा अन्य व्यक्ति,कम्पनी तथा संघ संस्थाहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन् । प्रभु बैंकको संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ र स्वावलम्बन लघुवित्तको सेयरमूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकिएको छ । बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।  

लगानीकर्ताले आफुले लिन चाहेको सेयर संख्या तथा मूल्य खुलाई वैशाख १६ गतेसम्म आवेदन दिन सक्नेछन् । सेयरको बिक्री प्रबन्धकको रुपमा एलएस क्यापिटल लिमिटेड रहेको छ ।    

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.