शनिबार, श्रावण २,२०८३ 04:05:04
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 04:05:04
Bizshala
Global IME Bank Limited

साझा पावरको साधारण सभा सम्पन्न, ३०५ करोडको ऋण सम्झौता अनुमोदन

साझा पावरको साधारण सभा सम्पन्न, ३०५ करोडको ऋण सम्झौता अनुमोदन
New Office

काठमाण्डौ । साझा पावर कम्पनी लिमिटेडको तेस्रो बार्षिक साधारणसभा होटल क्रिष्टल, पशुपति, गौशालामा सम्पन्न भएको छ। सभाको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष कुवेरमणी नेपालले गरेका थिए।

सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण सहितका वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गरेको छ। साथै, आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण पनि गरिएको छ।

साधारण सभाले तल्लो बलेफी जलविद्युत आयोजनाको लागि कुल ३०५.९८ करोड रुपैयाँबराबरको अल्पकालिन तथा दीर्घकालिन ऋण स्वीकृत गरेको छ। कम्पनीले आफ्नो उद्देश्य अनुरूप आवश्यक चल/अचल सम्पत्ति खरिद तथा बिक्री गर्ने अधिकार संचालक समितिलाई प्रदान गरेको छ।

सभाले आयोजनासम्बन्धी बिष्फोटक पदार्थ, सिभिल, टनेल र इलेक्ट्रो–मेकानिकल सम्झौता अनुमोदन गरेको साथै सेयर खरिद–बिक्री लगायतका कम्पनी कार्यहरूका लागि आवश्यक नियामक स्वीकृतिका लागि संचालक समितिलाई अधिकार दिएको छ। बार्षिक साधारण सभाबाट पारित निर्णय कार्यान्वयनमा कुनै कानूनी अड्चन भएमा नियमावली संशोधन र अन्य व्यवस्थापनका कार्य गर्न पनि संचालक समितिलाई अधिकार प्रदान गरिएको छ।

कम्पनीले उक्त आयोजनालाई २४ महिनाभित्र पूरा गर्ने लक्ष्य राखेको छ। यस आयोजनामा रिडी पावर कम्पनीको ५५ प्रतिशत लगानी रहेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.