काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । पुस २८ गतेका लागि डाकिएको कम्पनीको १९ औं वार्षिक साधारण सभा स्थगित भएको हो ।
कम्पनीका अनुसार गणपुरक संख्या नपुगेका कारण कम्पनीको साधारण सभा स्थगित भएको हो ।
कम्पनीले अब अर्को सूचना जारी गरी उल्लेखित साधारण सभा तथा सञ्चालक निर्वाचन चाडै नै सम्पन्न गर्ने जानकारी समेत दिएको छ ।

