मंगलवार, असार ९,२०८३ 08:29:23
Bizshala
  • मंगलवार, असार ९,२०८३ 08:29:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एआईले नै गरिदिनेछ अब शपिङ, वेबसाइट नखोलिकनै भुक्तानी

Laxmi Sunrise Bank Limited
एआईले नै गरिदिनेछ अब शपिङ, वेबसाइट नखोलिकनै भुक्तानी

काठमाण्डौ । गुगलले आफ्नो जेमिनी प्लेटफर्ममा नयाँ ‘बाइ बटन’ सुविधा थप गरेको छ। अब प्रयोगकर्ताहरू जेमिनीको च्याट इन्टरफेसबाटै आफ्नो रोजाइको सामान किनमेल गर्न सक्नेछन्। गुगलले यस नयाँ अनुभवलाई ‘एजेन्टिक शपिंग’ नाम दिएको छ।

हाल यो सुविधा अमेरिकामा उपलब्ध छ र चाँडै नै अन्य देशमा पनि विस्तार गरिने योजना छ। अमेरिका बजारमा यसको लागि गुगलले वालमार्ट, टार्गेट, शपिफाइ जस्ता ठूला खुद्रा विक्रेतासँग साझेदारी गरेको छ।

New Office
CG Motors
Garima Development Bank

गुगलको विश्वास छ कि एआई एजेन्टहरूले भविष्यमा किनमेल गर्ने तरिकालाई पूर्ण रूपमा परिवर्तन गर्नेछन्। अब ग्राहकहरूले दर्जनौं ट्याबहरू खोल्न वा फरक–फरक एपहरूमा लगइन गर्नु पर्ने छैन। तपाईंले केवल एआईलाई भन्नुहुनेछ कि तपाईंलाई के चाहिन्छ, र यो तपाईंको बजेट र प्राथमिकताअनुसार सबैभन्दा उपयुक्त विकल्प खोजेर त्यसैँबाट भुक्तानी गरिदिनेछ।

‘बाइ बटन’ प्रयोग गर्दा एपभित्रै चेकआउट विन्डो खुल्नेछ। भुक्तानीका लागि प्रयोगकर्ताले गुगल पेमा पहिलेदेखि सुरक्षित गरेको विवरण प्रयोग गर्न सक्नेछन्। भविष्यमा यसमा पेपलको सपोर्ट पनि उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

किनमेल जेमिनी मार्फत भए पनि सामानको डेलिभरी, रिटर्न तथा ग्राहक सेवाको पूर्ण जिम्मेवारी सम्बन्धित रिटेलरको हुनेछ। गुगलले यस अवस्थामा केवल प्लेटफर्मको भूमिका निर्वाह गर्नेछ।

गुगलको यो नयाँ सुविधा प्रयोगकर्ताहरूलाई सजिलो, छिटो र सहज किनमेल अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ। गुगलले एआई एजेन्टहरूले भविष्यमा किनमेल गर्ने तरिकालाई पूर्ण रूपमा परिवर्तन गर्ने विश्वास राखेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.