काठमाण्डौ । ग्रीनलाइफ हाईड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२÷८३ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले आज सार्वजनिक गरेको विवरणअनुसार उक्त अवधिमा कम्पनीले १ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवमा कम्पनीले आर्जन गरेको ७५ लाख ५१ हजारको तुलनामा ४३.३२ प्रतिशतले बढी हो ।
कम्पनीले विद्युत बिक्रीमार्फत २६ करोड ७५ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले विद्युत बिक्रीबाट २३ करोड ६१ लाख कमाएको थियो । कम्पनीको प्रशासनिक खर्च ५७ लाख ३९ हजारबाट घटेर ४२ लाख ७३ हजारमा सीमित भएको छ ।
उक्त अवधिमा कम्पनीको रिटेन्ड अर्निङ १८ करोड ५८ लाख रहेको छ । १ करोड २३ लाख चालु सम्पत्ति भएको कम्पनीको चालु दायित्व ४९ करोड २० लाख रहको छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)२.४१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११०.३३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ६०१.८७ रुपैयाँ र तरलता अनुपात ०.०३ गुणा कायम भएको छ ।

