ग्रीनलाइफ हाइड्रोपावरको नाफा १४.२४ प्रतिशतले बढ्यो
काठमाण्डौ । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म २ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले कमाएको यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा १४.२४ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म भने कम्पनीले २ करोड ५७ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।

