बिहीबार, असार ११,२०८३ 02:29:47
Bizshala
  • बिहीबार, असार ११,२०८३ 02:29:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ग्रीनलाइफ हाइड्रोपावरको नाफा १४.२४ प्रतिशतले बढ्यो

Laxmi Sunrise Bank Limited
ग्रीनलाइफ हाइड्रोपावरको नाफा १४.२४ प्रतिशतले बढ्यो

काठमाण्डौ । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म २ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  

कम्पनीले कमाएको यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा १४.२४ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म भने कम्पनीले २ करोड ५७ लाख  रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।  

New Office
CG Motors
Garima Development Bank

कम्पनीको आम्दानीमा भने गिरावट आएको छ । कम्पनीको आम्दानी १.८४ प्रतिशतले घटेर ४ करोड ६ लाखमा सीमित बनेको छ । यो अवधिमा कम्पनीको वित्त खर्च भने घटेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म २ लाख ३ हजार रुपैयाँ रहेको कम्पनीको वित्त खर्च घटेर १ लाख १४ हजारमा सीमित बनेको छ ।

कम्पनीको कुल चालु सम्पत्ति १ करोड ७ लाख र कुल चालु दायित्व ४६ करोड १४ लाख रहेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) १.९१ रुपैयाँबाट बढेर २.१८ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ पनि १०८.७९ रुपैयाँबाट बढेर १११.३६ रुपैयाँ पुगेको छ ।  

त्यस्तै, कम्पनीका पीई रेसियो १२८.९८ गुणा र तरलता अनुपात ०.०२ प्रतिशत कायम भएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.