शनिबार, श्रावण ३०,२०८३ 08:10:08
Bizshala
  • शनिबार, श्रावण ३०,२०८३ 08:10:08
Bizshala
Global IME Bank Limited

बजार घट्दा कारोबार बढ्यो, प्राविधिक रुपमा कसरी बुझ्ने ?

Prabhu Bank Limited
बजार घट्दा कारोबार बढ्यो, प्राविधिक रुपमा कसरी बुझ्ने ?
New Office

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज बजार घट्दा कारोबार भने बढेको छ । घट्दो बजारमा कारोबार बढ्नु खासै राम्रो भने होइन । यसो हुनुको पछाडी लगानीकर्ताहरुले फोर्सफुल सेलिङ गर्नु वा नाफा बुक दुवै कारण हुन सक्छ । 

प्राविधिक रुपमा बोलिङगर ब्याण्डबाट हेर्दा आज बजारले प्रष्टरुपमा वियरिस प्रकृतिको क्याण्डल सहित मध्य ब्याण्ड छोडेर तल्लो ब्याण्ड तर्फ आकर्षित रहेको देखिन्छ । यो.सँगै अघिल्लो साताको अन्तिम कारोबारमा बनेको ‘ड्रागन फ्लाइ डोजि स्टार ’इन्भ्यालिड बनेको छ । म्याक्डी मार्फत हेर्दा बजारमा अघिल्लो साता नै वियरिस क्रसओभर बनेको छ । हिष्टोग्रामहरु  नेगेटिभ र लामा–लामा हुँदै गएका छन् । डेलीबेसमा नै ६० को तहबाट खसेको आरएसआई हाल ४३ को तहमा आइपुगेको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट हेर्दा बजारमा बिक्री दबाब परेको  बुझिन्छ । 

CG Motors

पिभट् मार्फत नियाल्दा आज २०१८ मा बन्द भएको बजारले पहिलो सपोर्ट ब्रेक गरेर तल झरि सकेको छ । अब दोस्रो सपोर्ट २ हजार आसपास  र तेस्रो सपोर्ट भने १९९०  मा देखिन्छ । त्यसै गरि बढेमा भने बजार क्रमशः २०३७,२०५१ र २०६८ मा क्रमश प्रतिरोधको सामना गर्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमापूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.