आईतवार, असार १४,२०८३ 03:05:47
Bizshala
  • आईतवार, असार १४,२०८३ 03:05:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अमेरिकाबाट निकालिए ८० जना नेपाली नागरिक

Laxmi Sunrise Bank Limited
अमेरिकाबाट निकालिए ८० जना नेपाली नागरिक

काठमाण्डौ । अमेरिकाले अध्यागमन कानून उल्लंघन गरेको आरोपमा फेरि ८० जना नेपाली नागरिकलाई स्वदेश फिर्ता गरेको छ। मंगलबार चाटर्ड विमानमार्फत काठमाण्डौ ल्याइएका उनीहरूलाई आवश्यक प्रक्रिया पूरा गरेपछि परिवारको जिम्मा लगाइएको छ।

अध्यागमन विभागका अनुसार डिपोर्ट गरिएका व्यक्तिहरूमध्ये ७९ जना पुरुष र एक महिला छन्। उनीहरूमा कागजात नपुगेका, भिसाको म्याद सकिएपछि पनि बसोबास गरेका तथा अन्य अध्यागमन नियम उल्लंघन गरेको पुष्टि भएको जनाइएको छ।

New Office
CG Motors
Garima Development Bank

नेपाल आइपुगेपछि सबैलाई मानव बेचबिखन अनुसन्धान ब्युरोमा पठाइएको थियो । ब्युरोले प्रारम्भिक सोधपुछ गर्दै कसैलाई गैरकानुनी रूपमा अमेरिका पठाउने गिरोह सक्रिय भए/नभएको विषयमा जानकारी संकलन गरेको छ। यदि कसैको मानव तस्करीसँग सम्बन्धित अनुभव भए उजुरी दिन आग्रह गरिएको ब्युरोले जनाएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

पछिल्यो समय अमेरिकाले अवैध आप्रवासन नियन्त्रणलाई प्राथमिकतामा राख्दै विभिन्न देशका नागरिकलाई चरणबद्ध रूपमा डिपोर्ट गर्दै आएको छ। यसको असर नेपाली नागरिकमा पनि परिरहेको देखिन्छ।

वैदेशिक आप्रवासनमा जाने क्रममा कानुनी प्रक्रिया, सही कागजात र विश्वसनीय माध्यम प्रयोग नगर्दा नेपालीहरू जोखिममा पर्ने गरेका छन्। 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.