आईतवार, आश्विन ४,२०८३ 09:09:29
Bizshala
  • आईतवार, आश्विन ४,२०८३ 09:09:29
Bizshala
Global IME Bank Limited

ट्रम्पको ‘बोर्ड अफ पिस’मा सहभागी हुन तयार भए पुटिन, अरु कुन–कुन देशले जनाए सहमति ?

ट्रम्पको ‘बोर्ड अफ पिस’मा सहभागी हुन तयार भए पुटिन, अरु कुन–कुन देशले जनाए सहमति ?
New Office

काठमाण्डौ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको ‘बोर्ड अफ पिस’मा सहभागी हुन सक्ने संकेत दिएका छन्। साथै, उक्त बोर्डमा सहभागी हुन आवश्यक पर्ने आर्थिक योगदानबारे पनि उनले धारणा सार्वजनिक गरेका छन्।

रुसी सञ्चारमाध्यम आरटी का अनुसार पुटिनले भनेका छन्, ‘प्यालेस्टाइनका जनतासँग रुसको विशेष सम्बन्ध रहेको सन्दर्भमा हामी ‘बोर्ड अफ पिस’ का लागि एक अर्ब अमेरिकी डलर योगदान गर्न सक्छौं। यो रकम अघिल्लो अमेरिकी प्रशासनले जफत गरेको रुसी सम्पत्तिबाट उपलब्ध गराउन सकिन्छ।’

पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनको कार्यकालमा विदेशस्थित रुसका विभिन्न सम्पत्तिहरू जफत गरिएको थियो। पुटिनले आफ्नो भनाइमा ती सम्पत्तिहरूको उल्लेख गरेका हुन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

पुटिनका अनुसार बाँकी कोष युद्धबाट प्रभावित क्षेत्रहरूको पुनर्निर्माणमा प्रयोग गर्न सकिन्छ। ‘हामी यस विषयमा अमेरिकी प्रतिनिधिसँग छलफल गरिरहेका छौं,’ उनले भने।

उनले यस विषयमा फलस्तीनका राष्ट्रपति महमुद अब्बास तथा अमेरिकी प्रतिनिधि जारेड कुश्नर र स्टिभ विटकॉफसँग पनि छलफल हुने अपेक्षा व्यक्त गरे। कुश्नर र विटकॉफ युक्रेनसम्बन्धी वार्ताका लागि भोलि मस्को आउने बताइएको छ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बोर्ड अफ पीस’ मा सहभागी हुने विषयलाई लिएर साउदी अरब, टर्की, इजिप्ट, जोर्डन, इन्डोनेसिया, पाकिस्तान र कतारले संयुक्त वक्तव्य जारी गरेका छन्। यसअघि इजरायलले सार्वजनिक रूपमा उक्त बोर्डमा सहभागी हुने पुष्टि गरिसकेको थियो।

हालसम्म पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित ‘बोर्ड अफ पीस’ मा कति देशलाई निमन्त्रणा गरिएको हो भन्ने कुरा स्पष्ट छैन। यद्यपि संयुक्त अरब इमिरेट्स , बहराइन, अल्बानिया, अर्मेनिया, अजरबैजान, बेलारुस, हंगेरी, कजाखस्तान, मोरक्को र भियतनाम यस बोर्डमा सहभागी भइसकेका छन्।

बुधबार भ्याटिकनले पोप लियोलाई पनि निमन्त्रणा प्राप्त भएको पुष्टि गरेको छ। तर उनले उक्त निमन्त्रणा स्वीकार गर्ने वा नगर्ने विषयमा हालसम्म कुनै आधिकारिक निर्णय सार्वजनिक भएको छैन।

यसैबीच, स्लोभेनियाका प्रधानमन्त्री रोबर्ट गोलोबले उक्त निमन्त्रणा अस्वीकार गरेको बताएका छन्। 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.