शुक्रबार, माघ ९,२०८२ 10:06:05
Bizshala
  • शुक्रबार, माघ ९,२०८२ 10:06:05
Bizshala
Global IME Bank Limited
Bizshala

ट्रम्पलाई क्यानाडाका प्रधानमन्त्रीको जवाफ, ‘हामी अमेरिकाको कारण मात्र टिकिरहेका छैनौं’

ट्रम्पलाई क्यानाडाका प्रधानमन्त्रीको जवाफ, ‘हामी अमेरिकाको कारण मात्र टिकिरहेका छैनौं’
Shivam Cement

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडालाई लिएर दिएको विवादास्पद अभिव्यक्तिप्रति क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले कडा प्रतिक्रिया दिएका छन्। उनले क्यानाडा र अमेरिकाबीच अर्थतन्त्र, सुरक्षा र सांस्कृतिक आदान–प्रदानका क्षेत्रमा गहिरो साझेदारी रहेको स्वीकार गरे पनि क्यानाडा अमेरिकाको कारण मात्र टिकिरहेको भन्ने दाबी अस्वीकार गरेका छन्।

स्विट्जरल्यान्डको दावोसमा आयोजित वर्ल्ड इकोनोमिक फोरमको बैठकमा बोल्दै प्रधानमन्त्री कार्नीले भने, ‘क्यानाडा अमेरिकाको कारण बाँचिरहेको होइन। क्यानाडा फस्टाइरहेको छ, किनकि हामी क्यानाडेली हौँ।’

Bizshala
Garima Development Bank
New Office

उनले विश्व राजनीतिमा शक्तिशाली राष्ट्रहरूबीच बढ्दो प्रतिस्पर्धाको सन्दर्भ उल्लेख गर्दै मध्यम शक्तिका राष्ट्रहरूसामु दुई विकल्प रहेको बताए—या त समर्थनका लागि आपसमा प्रतिस्पर्धा गर्ने, वा साहसका साथ मिलेर तेस्रो बाटो निर्माण गर्ने। कार्नीका अनुसार पुरानो विश्व व्यवस्था पुनः फर्किने सम्भावना छैन, त्यसैले त्यसको शोक गर्नुको सट्टा न्यायपूर्ण र समावेशी नयाँ वैश्विक व्यवस्था निर्माणतर्फ अघि बढ्न आवश्यक छ।

प्रधानमन्त्री कार्नीको यो अभिव्यक्तिलाई अमेरिकाविरुद्ध लक्षित टिप्पणीका रूपमा हेरिएको छ। यसपछि बुधबार दावोस पुगेका राष्ट्रपति ट्रम्पले पनि कार्नीको भनाइको जवाफ दिएका छन्।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

ट्रम्पले क्यानाडाले अमेरिकाप्रति कृतज्ञता नदेखाएको आरोप लगाउँदै भने, ‘क्यानाडाले हामीबाट धेरै निःशुल्क सुविधा पाइरहेको छ। उनीहरूले आभार व्यक्त गर्नुपर्थ्यो, तर त्यसो गरिरहेका छैनन्। मैले मंगलबार मार्क कार्नीलाई देखेँ, उनी धेरै कृतज्ञ देखिएनन्। क्यानाडा अमेरिकाको कारण नै टिकिरहेको छ।’

क्यानाडाको अर्थतन्त्र ठूलो मात्रामा व्यापारमा निर्भर छ। सन् २०२४ मा क्यानाडाको कुल निर्यातमध्ये करिब ७५ प्रतिशत अमेरिका पुगेको तथ्यांक छ। यसअघि पनि राष्ट्रपति ट्रम्पले क्यानाडालाई अमेरिकाको ५१ औँ राज्य बनाउने अभिव्यक्ति पटक–पटक दिँदै आएका छन्, जसले दुई देशबीच कूटनीतिक तनाव बढाएको छ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.