मंगलवार, श्रावण २६,२०८३ 06:28:23
Bizshala
  • मंगलवार, श्रावण २६,२०८३ 06:28:23
Bizshala
Global IME Bank Limited

गुराँस लघुवित्तको नाफामा ७२% को बढोत्तरी, अन्य कुन सूचकमा कति अब्बल ?

Prabhu Bank Limited
गुराँस लघुवित्तको नाफामा ७२% को बढोत्तरी, अन्य कुन सूचकमा कति अब्बल ?
New Office

काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद ब्याज आम्दानीसँगै नाफामा समेत सुधार आएको छ । संस्थाले सार्वजनिक गरेको चालु आव २०८२÷८३ को दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार संस्थाले समीक्षा अवधिसम्म २ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ७२.१५ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने संस्थाले १ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  

संस्थाको खुद ब्याज आम्दानीमा पनि वृद्धि भएको छ । संस्थाले दोस्रो त्रैमाससम्ममा ८ करोड ७६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५५.१८ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म संस्थाले ५ करोड ६४ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।  

समीक्षा अवधिसम्म संस्थाले ३ करोड ७० लाख रुपैयाँबराबरको सञ्चालन मुनाफा आर्जन गरेको छ । यस्तै संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी ६ लाख १० हजार रुपैयाँ रहेको छ ।  

संस्थाको रिजर्भको आकार १६.५५ प्रतिशतले बढेर ५ करोड १२ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म संस्थाको निक्षेप संलकन ५४ करोड ४५ लाख र कर्जा प्रवाह २ अर्ब १० करोड रुपैयाँ रहेको छ । दोस्रो त्रैमाससम्म संस्थाको वितरणयोग्य मुनाफा १ करोड ९५ लाख रहेको छ ।  

संस्थाको खराब कर्जा अनुपात केही बढेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म २.७८ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ३.१३ प्रतिशत पुगेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)४०.२२ रुपैयाँ,प्रतिसयर नेटवर्थ १५९.३३ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ७३८.७६ रुपैयाँ,मूल्य आम्दानी अनुपात ४७.९८ गुणा र तरलता अनुपात ८.७० प्रतिशत रहेको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X