काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको नवनियुक्त अध्यक्ष चन्द्रकला पौडेलले पदभार ग्रहण गरेकी छिन् । मंगलबार अर्थमन्त्री रामेश्वर खनालसमक्ष उनले पद तथा गोपनियताको शपथ लिएपछि पदभार ग्रहण गरेकी हुन् ।
योसँगै नेपाल बीमा प्राधिकरणले पहिलो महिला अध्यक्ष पाएको छ । माघ १३ गतेको मन्त्रिपरिषदको बैठकले पौडेललाई प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको थियो ।
पौडेल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव हुन् । पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको अध्यक्ष भूमिका रहने गरी सरकारले नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि गत असोज गते बसेको सुशीला कार्की नेतृत्वको अन्तिम सरकारले प्राधिकरणको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव जनकराज शर्मा नियुक्त गरेको थियो ।
शर्माले प्राधिकरणको अध्यक्ष पदबाट राजिनामा दिएर बाहिरिएपछि पौडेलले उक्त जिम्मेवारी पाएकी हुन् ।

