सोमबार, श्रावण २५,२०८३ 09:30:47
Bizshala
  • सोमबार, श्रावण २५,२०८३ 09:30:47
Bizshala
Global IME Bank Limited

एभरेष्ट बैंकको नाफा २ अर्ब माथि, वितरणयोग्य मुनाफा २३% ले वृद्धि

एभरेष्ट बैंकको नाफा २ अर्ब माथि, वितरणयोग्य मुनाफा २३% ले वृद्धि
New Office

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको ब्याज आम्दानी र नाफामा सामान्य सुधार आएको छ । बैंकले चालु आवको दोस्रो त्रैमाससम्म २ अर्ब ११ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २.०४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म बैंकले २ र्ब ७ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी पनि ४ अर्ब ३१ करोड रुपैयाँबाट बढेर ४ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।

यो अवधिमा खुद शुल्क तथा कमिशन आम्दानी पनि ७६ करोड ५० लाख रुपैयाँबाट वृद्धि भएर ९२ करोड ९ लाख पुगेको छ ।

बैंकले वितरणयोग्य मुनाफा २३.०४ प्रतिशतले बढाएर ३ अर्ब ३४ करोड पुर्याएको छ । यस्तै बैंकका लाभांश क्षमता पनि ३०.५८ प्रतिशतबाट बढेर ३१.९३ प्रतिशत पुगेको छ ।

बैंकको इम्पेयरमेन्ट चार्ज बढेको छ । अघिल्लो आवमा ३४ करोड ९५ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज बढेर ५६ करोड २७ लाख पुगेको छ । बैंकको खराब कर्जा अनुपात ०.६८ प्रतिशत, कस्ट अफ फण्ड ३.४५ प्रतिशत र रिर्टन अन इक्विटी(आरओई)१३.१९ प्रतिशत कायम भएको छ ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)३०.८६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २३५.१५ रुपैयाँ, पीई रेसियो २१.३९ गुणा र तरलता अनुपात ३२.५७ प्रतिशत कायम भएको छ ।    

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.