आईतवार, फाल्गुन ११,२०८१ 02:19:48
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 02:19:48
IME remit
Global IME Bank Limited

सेयरधनी निराश बनाएपनि शिखर इन्स्योरेन्सले कर्मचारी बनायो मख्ख, ११९% ले बढ्यो बोनस

Hyundai Nepal
सेयरधनी निराश बनाएपनि शिखर इन्स्योरेन्सले कर्मचारी बनायो मख्ख, ११९% ले बढ्यो बोनस
Nabil Bank Limited

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनीले आफ्ना कर्मचारीहरुलाई खुशी बनाएको छ । कम्पनीले गत आर्थिक वर्षमा कर्मचारी सुविधाका लागि ५१ करोड ६० लाख रुपैयाँ खर्च गरेको छ ।  

यो रकम अघिल्लो आवको तुलनामा १०९.८३ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले आफ्ना कर्मचारी सुविधाका लागि ४६ करोड ९८ लाख रुपैयाँ खर्च गरेको थियो ।  

कम्पनीले कर्मचारी बोनसका लागि मात्रै ४ करोड ८६ लाख रुपैयाँ छुट्याएको छ । जुन यो आव २०७८/७९ को तुलनामा ११९.१४ प्रतिशतले बढी हो । उक्त आवमा कम्पनीले कर्मचारीलाई ४ करोड ८ लाख रुपैयाँ बोनस बाँडेको थियो ।  

कर्मचारीहरुले पाउने तलब समेत ११३ प्रतिशतले बृद्धि भएको छ । आव २०७८/७९ मा कर्मचारीलाई ११ करोड ९६ लाख रुपैयाँ तलब वितरण गरेको कम्पनीले आव २०७९/८० मा १३ करोड ५२ लाख रुपैयाँ तलब बाँडेको छ ।  

यसका साथै कर्मचारीहरुले पाउने भत्ता पनि १०१.१३ प्रतिशतले बढेको छ । अघिल्लो आवमा कर्मचारीका लागि १८ करोड ८६ लाख रुपैयाँ भत्ता बाँडेको शिखर इन्स्योरेन्सले गत आवमा १९ करोड ८ लाख रुपैयाँ बाडेको छ ।  

यसका साथै चाडपर्वमा कर्मचारीले पाउने भत्ता पनि ११७ प्रतिशतले बढेको छ । अघिल्लो आवमा कर्मचारीहरुलाई चाडपर्वमा २ करोड २३ लाख रुपैयाँ भत्ता तथा खर्च वितरण गरेको शिखर इन्स्योरेन्सले गत आवमा २ करोड ६१ लाख रुपैयाँ यस्तो शिर्षकमा खर्च गरेको छ ।  

त्यस्तै, कम्पनीले विदा बापत पाउने भत्ता/खर्च समेत १९९ प्रतिशतले बढाएको छ । अघिल्लो आवमा कम्पनीले यस्तो शिर्षकमा १ करोड १५ लाख रुपैयाँ खर्च गरेकोमा गत आवमा २ करोड ३२ लाख रुपैयाँ खर्च गरेको छ । साथै सामाजिक सुरक्षा कोषमा पनि कम्पनीले ११३.१७ प्रतिशतले बढाएर २ करोड ७० लाख रुपैयाँ रकम छुट्याएको छ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

त्यस्तै, विभिन्न तालिम तथा कर्मचारीको ड्रेसका लागि कम्पनीले १ करोड ५२ लाख रुपैयाँ छुट्याएको छ । यो रकम पनि अघिल्लो आवको तुलनामा १२४.०४ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले यस्तो शिर्षकमा १ करोड २३ लाख रुपैयाँ छुट्याएको थियो ।  

यता कम्पनीले कर्मचारीहरुको स्वास्थ्य तथा दुर्घटना बीमाका लागि भनेर १ करोड ६ लाख रुपैयाँ खर्च गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १०५.८७ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले कर्मचारी बीमा शिर्षकमा १ करोड रुपैयाँ रकम छुट्याएको थियो ।  

कर्मचारीलाई खुशी बनाएपनि कम्पनीले केही वर्षयता आफ्ना सेयरधनीहरुलाई भने निराश बनाएको छ । विगतका वर्षहरुमा सेयरधनीहरुलाई उत्कृष्ट लाभांश बाँड्दै आइरहेको यस कम्पनीले केही वर्षयता लाभांश दर घटाउँदै लगिरहेको छ ।  

आव २०७२/७३ मा ६० प्रतिशतसम्म बोनस सेयर बाँडेको शिखर इन्स्योरेन्सले त्यसयताका केही आवमा २९ प्रतिशत र २७ प्रतिशतका दरले बोनस वितरण गरेको थियो । कम्पनीले आव ७६/७७ मा १ः०.३० अनुपातमा हकप्रद जारी गरेपछि लाभांश दर घटेको छ ।  

आव २०७८/७९ मा कम्पनीले जम्मा १६ प्रतिशत मात्रै लाभांश बाँडेको थियो । सोही आवमै कम्पनीले फेरी १ः०.३ अनुपातमा हकप्रद जारी पनि गरेको थियो । हकप्रदपश्चात् कम्पनीको लाभांश क्षमता पुनः घटे जसरी कम्पनीले आव २०७९/८० मा आफ्ना सेयरधनीलाई कुनै खालको लाभांश नबाँड्ने निर्णय गरेको छ । 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.