शुक्रबार, श्रावण १५,२०८३ 12:08:53
Bizshala
  • शुक्रबार, श्रावण १५,२०८३ 12:08:53
Bizshala
Global IME Bank Limited

यामाहा नेपालको ‘माइलेज लिग’ आधा यात्रा पूरा, वास्तविक राइडमा उत्कृष्ट माइलेज प्रदर्शन

यामाहा नेपालको ‘माइलेज लिग’ आधा यात्रा पूरा, वास्तविक राइडमा उत्कृष्ट माइलेज प्रदर्शन
New Office

काठमाण्डौ । एमएडब्लू राइड्स प्रालिअन्तर्गत सञ्चालन हुने यामाहा नेपालले यामाहा रेजेडआर हाइब्रिड माइलेज च्यालेन्जको आधा चरण सफलतापूर्वक सम्पन्न भएको घोषणा गरेको छ। केही महिना अगाडि सुरु भएको प्रतिस्पर्धात्मक माइलेज च्यालेन्जले अब नेपालकै सबैभन्दा दक्ष राइडरको खोजीलाई अझ तीव्र बनाउँदै लगेको कम्पनीले जनाएको छ । यस लिगको भव्य ग्रान्ड फिनाले आगामी असार २०८३ मा आयोजना हुने बताइएको छ।

यामाहा रेजेडआर 125-FI हाइब्रिडको ARAI-प्रमाणित माइलेज क्षमता ७१.३३ किमी प्रति लिटर भए पनि, माइलेज लिगमा सहभागीहरूले वास्तविक सडकमा अझ उत्कृष्ट प्रदर्शन गरेको देखाइएको छ। अहिलेसम्म एक सहभागीले ८७.२० किमी प्रति लिटरको माइलेज हासिल गरेका छन्, भने अन्य सहभागीहरू पनि यस नजिक पुगेका छन्। यसले यामाहा रेजेडआर हाइब्रिडले वास्तविक राइडिङ परिस्थितिमा पनि कम्पनीले दाबी गरेको माइलेजलाई पार गर्न सक्ने प्रमाण प्रस्तुत गरेको छ।

माइलेज लिग नेपालको विविध भौगोलिक अवस्थाहरूमा स्कुटरको परीक्षण गर्ने प्लेटफर्म पनि साबित भएको छ। तराईका समथर सडकदेखि पहाडी उकालो र अफ-रोड ट्रेलसम्म, हरेक अवस्थामा यसले उत्कृष्ट माइलेज प्रदर्शन गरेको छ। विगतमा नेपालका ७० भन्दा बढी स्थानमा माइलेज च्यालेन्ज संचालन गरेको अनुभवका साथ यामाहा यस प्रतियोगितालाई दर्शकहरूले प्रत्यक्ष हेर्न सक्ने अनुभवमा रूपान्तरण गर्दै आएको छ।

यामाहा नेपालका सीईओ श्री दीपक कुमार अग्रवालले भने, “माइलेज लिग केवल प्रतियोगिता होइन, नेपाली राइडरप्रतिको हाम्रो प्रतिबद्धताको उत्सव पनि हो। हामी ल्याब नतिजाहरूलाई नेपालका वास्तविक सडकमा प्रमाणित गर्दैछौं। हाम्रो चाहना भनेको हरेक रेजेडआर हाइब्रिड राइडरले देशकै सबैभन्दा दक्ष स्कुटर चलाएको गर्व अनुभव गर्न सकून् भन्ने हो।”

यस लिगको आकर्षण यामाहा रेजेडआर 125 FI हाइब्रिड हो, जुन नेपालमा सबैभन्दा बढी माइलेज दिने र बिक्री हुने स्कुटर हो। यो आफ्नो सेग्मेन्टमा एकमात्र हाइब्रिड स्कुटर पनि हो, जसमा स्मार्ट मोटर जेनेरेटर (SMG) र अटोमेटिक स्टप एन्ड स्टार्ट प्रणाली जस्ता अत्याधुनिक प्रविधिहरू प्रयोग गरिएको छ।

अन्तिम चरणमा हुने ‘विनर अफ विनर्स’ फाइनल प्रतिस्पर्धा असार २०८३ मा आयोजना हुनेछ, जहाँ विभिन्न क्षेत्रका विजेताहरू एकै स्थानमा आएर अन्तिम स्किल टेस्टमा प्रतिस्पर्धा गर्ने छन्। नेपालका अन्य शहरहरूमा पनि माइलेज च्यालेन्जको अवसर खुला रहेको छ।

यामाहा नेपाल सबै रेजेडआर हाइब्रिड मालिकहरूलाई नजिकको शोरूममा सम्पर्क गरी लिगमा सहभागी हुन आग्रह गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.