बुधबार, फाल्गुन २०,२०८२ 02:18:46
Bizshala
  • बुधबार, फाल्गुन २०,२०८२ 02:18:46
Bizshala
Global IME Bank Limited

वाणिज्य बैंकहरुको वित्तीय रिपोर्ट सुधारोन्मुख, खुद नाफा ११% ले बढ्यो

८ बैंकको एनपीएल घट्दा लाभांश क्षमता कुनको कति ?

Hyundai Nepal
वाणिज्य बैंकहरुको वित्तीय रिपोर्ट सुधारोन्मुख, खुद नाफा ११% ले बढ्यो
Shivam Cement

काठमाण्डौ । वाणिज्य बैंकहरुले साढे ३० अर्ब रुपैयाँ नाफा कमाएका छन् । चालु आवको दोस्रो त्रैमाससम्म २० वाणिज्य बैंकले ३० अर्ब ५९ करोड ३९ लाख रुपैयाँ नाफा कमाएका हुन् ।

बैंकहरुको यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ११।५१ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म वाणिज्य बैंकहरुले २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ नाफा कमाएका थिए ।

यस अवधिसम्म आइपुग्दा बैंकहरुको खुद ब्याज आम्दानी बढ्दा र इम्पेयरमेन्ट चार्ज घट्दा नाफा बढ्न टेवा पुगेको छ । दोस्रो त्रैमाससम्म लक्ष्मी सनराइज बैंक बाहेक सबै बैंक नाफामा देखिएका छन् ।

नाफामा रहेका १९ बैंकमध्ये पनि ११ बैंकको नाफा गत आवको तुलनामा उल्लेख्य बढेको छ भने ८ बैंकको घट्न पुगेको छ । तर समग्रमा बैंकहरुको नाफा ग्रोथमा प्रगति देखिएको छ ।

केही समयअघि सम्म बैंकहरुको नाफामा जेनजी आन्दोलको प्रभाव देखिएको थियो । आन्दोलनका कारण चौतर्फी उद्योग व्यवसायमा प्रत्यक्ष असर गर्दा बैंकहरुको कर्जा असुली प्रभावित हुँदा बैंकहरुको खराब कर्जा अनुपात बढेकाले नाफा घट्न पुगेको थियो ।

तर विस्तारै बैंकहरुको कर्जा असुली प्रक्रिया सहज हुँदै गएको छ, जसकारण बैंकहरुको ब्याज आम्दानीमा सुधार देखिन थालेको छ । साथै बैंकहरुको दोस्रो त्रैमाससम्म इम्पेयरमेन्ट चार्ज पनि घटेको देखिन्छ, जसकारण नाफा बृद्धिमा यसले टेवा पुर्याएको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

सो अवधिसम्म सबैभन्दा बढी नाफा कमाउने बैंकमा नबिल बैंक रहेको छ । बैंकले सो अवधिसम्म ४ अर्ब ७५ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा ४६.७१ प्रतिशत बढी हो ।

त्यस्तै, ग्लोबल आइएमई बैंकले पनि गत आवको तुलनामा ६।५० प्रतिशत बढाएर ३ अर्ब २५ करोड नाफा कमाएको छ भने कुमारी बैंकले दोस्रो त्रैमाससम्म उल्लेख्य नाफा बढाएको छ । बैंकले ८८६ प्रतिशत नाफा ग्रोथ गरि २ अर्ब ७२ करोड रुपैयाँ नाफा कमाएको छ ।

सबैभन्दा थोरै नाफा कमाउनेमा एनआइसी एशिया बैंक रहेको छ । यो बैंकले जम्मा १३ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको यो नाफा गत आवको तुलनामा १३.५४ प्रतिशत कम हो । लक्ष्मी सनराइज बैंकले भने दोस्रो त्रैमाससम्म २७ करोड ३६ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।

बैंकहरुको खुद ब्याज आम्दानीमा सामान्य सुधार

चालु आवको दोस्रो त्रैमाससम्म वाणिज्य बैंकहरुको खुद ब्याज आम्दानीमा सामान्य सुधार देखिएको छ । सो अवधिसम्म बैंकहरुले ९६ अर्ब ५ करोड १७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् ।

यो आम्दानी गत आवको सोही अवधिसम्मको तुलनामा ३.७२ प्रतिशत बढी हो । गत आवको दोस्रो त्रैमाससम्म बैंकहरुले ९२ अर्ब ६० करोड ७३ लाख रुपैयाँ ब्याज आम्दानी गरेका थिए ।

सो अवधिसम्म अधिकांश बैंकको ब्याज आम्दानी बढेको छ । सबैभन्दा बढी ब्याज आम्दानी गर्ने बैंकमा नबिल बैंक नै रहेको छ । बैंकले ८ अर्ब ८ करोड ७२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । यो आम्दानी गत आवको सोही अवधिसम्मको तुलनामा २.४२ प्रतिशत बढी हो ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

१२ बैंकको एनपीएल वृद्धि

दोस्रो त्रैमाससम्म ८ वाणिज्य बैंकले मात्रै खराब कर्जा अनुपात (एनपीएल)घटाएका छन् । केही महिनाअघि अधिकांश बैंकको एनपीएल बढेपनि दोस्रो त्रैमाससम्म आइपुग्दा ८ बैैंकले एनपीएलको अवस्था घटाउन सफल भएका छन् ।

जेनजी आन्दोलनले बैंकहरुको ऋण असुली प्रभावित बन्दा एनपीएल बढ्दै गएपनि ८ बैंकले पनि यस्तो अवस्था कम गरेका छन् ।

६ महिनाको तथ्याङ्कललाई हेर्ने हो भने एभरेष्ट बैंकको खराब कर्जा सबैभन्दा कम रहेको छ । बैंकको खराब कर्जा ०.६८ प्रतिशत रहेको हो । तर, गत आर्थिक वर्षको तुलनामा भने ०.०२ प्रतिशतले बढी हो ।

सो अवधिसम्म ९ बाणिज्य बैंकको एनपीएल भने ५ प्रतिशत माथि रहेको छ । नेपाल राष्ट्र बैंकको प्रावधानअनुसार बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा अनुपात ५ प्रतिशत भन्दा माथि भएमा उक्त बैंक वा वित्तीय संस्थाको वित्तीय अवस्था खस्किन सक्नेछ ।

वा एनपीएल सो भन्दा माथि पुगे बैंकको कर्जा दिने क्षमता कम हुने र बैंकको क्यापिटल एडुकेसीमा असर पर्न सक्ने सम्भावना रहन्छ ।

सो अवधिसम्म सबैभन्दा बढी एनपीएल हिमालयन बैंकको रहेको छ । यो बैंकको एनपीएल ४.९८ प्रतिशतबाट बढेर ७.९६ प्रतिशत पुगेको छ ।

१० बैंकको प्रतिसेयर आम्दानी (इपीएस) बढ्यो

करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ । यो सूचकले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभुत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ ।

सो अवधिसम्म १० बैंकको इपीएस बढेको छ भने १० बैंकको घटेको छ । सबैभन्दा बढी इपीएस नबिल बैंकको रहेको छ । बैंकको इपीएस १०.९९ रुपैयाँ बढेर ३५.०४ रुपैयाँ पुगेको छ ।

सबैभन्दा थोरै इपीएस भने नेपाल एनआइसी एशिया बैंकको रहेको छ । बैंकको इपीएस जम्मा १.७७ रुपैयाँ छ ।

आधा बैंकको लाभांश क्षमता ऋणात्मक

चालु आवको दोस्रो त्रैमाससम्म आइपुग्दा आधा वाणिज्य बैंक लाभांश बाँड्न नसक्ने अवस्थामा देखिएको छ । बैंकहरुको रिर्पोटअनुसार ९ बाणिज्य बैंकको वितरणयोग्य मुनाफा र लाभांश क्षमता ऋणात्मक रहेको छ ।

लाभांश क्षमता ऋणात्मक भएका बैंकहरुमा एनआइसी एशिया, हिमालयन बैंक, प्रभु बैंक, नेपाल बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टभमेन्ट मेगा बैंक, सिटिजन्स बैंक, लक्ष्मी सनराइज बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् ।

सो अवधिसम्मको रिर्पोटअनुसार सबैभन्दा बढी लाभांश दिने सक्ने क्षमता भएको बैंकमा एभरपेष्ट बैंक रहेको छ । बैंकको लाभांश क्षमता ३१.९३ प्रतिशत रहेको छ ।

बैंकहरुले खुद नाफाको केही प्रतिशत रकम वितरणयोग्य मुनाफाको लागि छुट्याएका हुन्छन् । बैंकको कुल सेयर संख्याले वितरणयोग्य मुनाफालाई भाग गरेर लाभांश क्षमता मापन गरिन्छ । सो आधारमा दोस्रो बढी लाभांश क्षमता नबिल बैंकको २२.५० प्रतिशत रहेको छ ।

त्यस्तै, सिद्धार्थको २०.१३ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डको १७.२९ प्रतिशत, सानिमा बैंकको १६.९५ प्रतिशत, नेपाल एसबीआईको १६.०६ प्रतिशत, ग्लोबल आइएमई बैंकको १२.२४ प्रतिशत, माछापुच्छ्रेको ७.२२ प्रतिशत, एनएमबीको ५.१८ प्रतिशत, प्राइम कमर्सियल बैंकको ३.०६ प्रतिशत र कृषि विकास बैंकको ०.४२ प्रतिशत रहेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.