काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडद्वारा प्रस्तावित नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा भएको छ । गत पुस २८ गते सम्पन्न कम्पनीको १० औं वार्षिक साधारण सभाबाट पारित भएको ५.२६३१ प्रतिशत नगद लाभांश (कर समेत) माघ १३ गतेदेखि सेयर रजिष्ट्रार एनआइैसी एशिया क्यापिटलमार्फ सेयरधनीहरुको बैंक खातामा जम्मा गरिएको हो ।
पुस १६ गतेसम्म हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक भएका सेयरधनीहरुको खातामा उक्त नगद लाभांश जम्मा गरिएको कम्पनीले जनाएको छ।
हालसम्म पनि अभौतिकीकरण नगराएका वा हितग्राही खाता खोलेर पनि कम्पनीको सेयर अभौतिकीकरण नगराएका सेयरधनीहरुलाई सेयर अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाताको विवरण अद्यावधिक गरेपश्चात् सोही बैंक खातामा नगद लाभांशको रकम जम्मा गर्ने व्यवस्था मिलाईने कम्पनीले उल्लेख गरेको छ ।

