पहिलो त्रैमासमा इमर्जिङ नेपाल रु.१८.९४ लाख घाटामा
काठमाण्डौ । चालु आवको पहिलो त्रैमाससम्म इमर्जिङ नेपाल लिमिटेड १८ लाख ९४ हजार रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ६ लाख ६७ हजार नाफामा थियो । कम्पनीको लगानी रहेका कम्पनीबाट प्रस्तावित लाभांश पहिलो त्रैमासमा प्राप्त नभएकाले यस अवधिमा नोक्सान देखिएको कम्पनीले जनाएको छ ।

