काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडका आधारभूत सेयरधनी चन्द्र प्रसाद ढकालले आफ्नो नाममा रहेको सेयर बिक्री गर्ने भएका छन्।
ढकालले आफूसँग रहेको ७ लाख २० हजार ६० कित्ता सेयर आगामी तीन महिनाभित्र बिक्री गर्ने आशयसहित कम्पनीमा निवेदन दिएका छन्। उक्त निवेदन प्राप्त भएपछि कम्पनीले सोसम्बन्धी जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई गराएको हो।
नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीका आधारभूत सेयरधनीलाई आफ्नो स्वामित्वमा रहेको ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुअघि कम्तीमा १५ दिन अगावै सम्बन्धित कम्पनीमार्फत जानकारी गराउनुपर्ने व्यवस्था गरेको छ।
सोही प्रावधानअनुसार ढकालको सेयर बिक्रीसम्बन्धी जानकारी नेप्सेलाई गराइएको कम्पनीले जनाएको छ।
ढकालले बिक्री गर्न खोजेको सेयरको कुल संख्या ७ लाख २० हजार ६० कित्ता रहेको छ। उनले आगामी तीन महिनाको अवधिमा उक्त सेयर बिक्री गर्ने योजना बनाएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।