काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडले चालु आवको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले आज सार्वजनिक गरेको विवरणअनुसार कम्पनी १ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।
यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १०६.०२ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ८६ लाख १४ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । यद्यपी कम्पनीको् आम्दानी पनि बढेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कुल १ करोड ४५ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले समीक्षा अवधिसम्म भने २ करोड २५ लाख आर्जन गरेको छ ।
कम्पनीको रिजर्भ कोषमा ५ करोड ८७ लाख रुपैयाँ सञ्चित छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ४.२६ रुपैयाँ , प्रतिसेयर नेटवर्थ ११०.५८ रुपैयाँ र मूल्य आम्दानी अनुपात २१२.४४ गुणा र सम्पत्तिमा प्रतिफल ३.७८ प्रतिशत कायम भएको छ ।

