शनिबार, फाल्गुन १०,२०८१ 09:54:47
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 09:54:47
IME remit
Global IME Bank Limited

सेयरबजारमा अर्ब बढी लगानी रहेका टप ६ म्युचुअल फण्ड, सबैको रोजाईमा हिमालयन रि इन्स्योरेन्स

Hyundai Nepal
सेयरबजारमा अर्ब बढी लगानी रहेका टप ६ म्युचुअल फण्ड, सबैको रोजाईमा हिमालयन रि इन्स्योरेन्स
Nabil Bank Limited

काठमाण्डौ । सेयरबजारमा सामूहिक लगानी कोष अर्थात म्युचुअल फण्डहरुको ठूलो लगानी रहेको हुन्छ । हाल सञ्चालनमा रहेका ४४ वटा म्युचुअल फण्डहरुले सेयरबजारमा ३० अर्ब रुपैयाँ भन्दा बढी लगानी गरेका छन् ।  

फण्डहरुले माघ महिनाको तुलनामा ४.७५ प्रतिशतले सेयरबजारमा लगानी थपेका छन् । म्युचुअल फण्डहरुले बजारमा लगानी थपघट गर्दा नेप्से परिसूचक नै घट्ने बढ्ने अवस्था आउन सक्छ ।  

फण्डहरुले सेयरबजारमा करोडौं रकम लगानी गर्ने भएकाले नेप्से परिसूचक घटबढ हुँदा फण्डहरुको वित्तीय अवस्था नै फरक पर्न जान्छ । यदि सेयरबजारमा क्रमशः गिरावट आएको खण्डमा फण्डहरुको न्याभ र मुनाफा घट्ने निश्चित हुन्छ भने बढ्दा नाफासँगै न्याभ पनि बढ्ने पक्का हुन्छ ।  

तर सेयरबजार घटबढले म्युचुअल फण्डहरुको लगानी निर्धारण गर्दैन । बजार जानकारहरुका अनुसार बजार घट्दा लगानी गर्न उचित समय मानिएपनि फण्डहरुले बजार बढ्दाको अवस्थामा पनि लगानी थपिरहेका हुन्छन् र घट्दो अवस्थाको बजारमा पनि लगानी घटाइरहेका हुन्छन् ।  

म्युचुअल फण्डहरुले सेयरबजार विश्लेषण गरेर लगानी गर्ने रकम छुट्याई सूचीकृत कम्पनीहरुको स्टकमा लगानी गरिरहेका हुन्छन् । वित्तीय विवरणअनुसार म्युचुअल फण्डहरुले प्रतिशतका आधारमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी र हाइड्रोका सेयरमा लगानी बढी गरेको देखिन्छ ।  

फागुन महिनासम्ममा ६ वटा म्युचुअल फण्डहरुले सेयरबजारमा एक अर्ब रुपैयाँ भन्दा बढी लगानी गरेका छन् । जसमा तीनवटा म्युचुअल फण्ड एनएमबी क्यापिटल लिमिटेडद्वारा सञ्चालित छन् । एनएमबी सरल बचत फण्ड–ई, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२, एनएमबी–५०, एनआईबीएल सहभागीता फण्ड, सिद्धार्थ इक्विटी फण्ड र सानिमा इक्विटी फण्डको सेयरबजारमा अर्ब भन्दा बढी लगानी छ ।  

यी ६ वटा म्युचुअल फण्डले लगानीको दायरा घटबढ गर्दा बजारमा उतारचढाव आउने सम्भावना रहन्छ । सेयरबजारमा ठूला कम्पनीमा गनिने दुई पुनर्बीमा कम्पनीका सेयरहरुमा यी फण्डहरुको ठूलो लगानी छ ।  

वित्तीय विवरणअनुसार नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि इन्स्योरेन्सको सेयरमा यी ६ वटा म्युचुअल फण्डको लगानी २६ करोड ७ लाख रुपैयाँ छ ।  

सेयरबजारमा अर्ब भन्दा बढी लगानी रहेका उक्त ६ वटा म्युचुअल फण्डमध्ये तीनवटा फण्ड सानिमा इक्विटी, एनएमबी–५० र एनआईबीएल सहभागीता फण्डले मात्रै नेपाल पुनर्बीमा कम्पनीको सेयरमा लगानी गरेका छन् । हिमालयन रि इन्स्योरेन्सको सेयरमा भने ६ वटै फण्डले लगानी गरेका छन् । यसआधारमा पनि नेपाल रि को दाँजोमा हिमालय रि इन्स्योरेन्सको सेयरमा लगानी गर्न म्युचुअल फण्डहरु बढी आकर्षित छन् ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

हिमालयन रि इन्स्योरेन्सको सेयरमा मात्रै ६ वटा म्युचुअल फण्डहरुले गरेको लगानी रकम १५ करोड ३२ लाख रुपैयाँ छ भने नेपाल रि इन्स्योरेन्समा गरेको लगानी रकम १० करोड ७५ लाख रुपैयाँ छ ।  

कुन फण्डको कति छ लगानी ?

सेयरबजारमा अर्ब भन्दा बढी लगानी रहेका ६ वटा म्युुचुल फण्डले हिमालयन रि र नेपाल रि इन्स्योरेन्सको सेयरमा २६ करोड रुपैयाँ भन्दा बढी रकम लगानी गरेका छन् ।  

जसमा एनआईबीएल सहभागीता फण्डले नेपाल रि इन्स्योरेन्सको ५४ हजार ५३ कित्ता सेयरमा ४ करोड ५३ लाख रुपैयाँ लगानी गरेको छ । त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको ७७ हजार ९८८ कित्ता सेयरमा ५ करोड ६८ हजार रुपैयाँ लगानी गरेको छ । माघ महिनाको तुलनामा फण्डको हिमालयन रि इन्स्योरेन्समा गरेको लगानीको मूल्याङ्कन रकम ४१.२९ प्रतिशतले बढेको छ भने नेपाल रि मा गरेको लगानीको मूल्याङ्कन रकम १.०१ प्रतिशतले घटेको छ ।  

यसका साथै एनएमबी सरल बचत फण्ड–ई को हिमालयन रि इन्स्योरेन्समा २६ हजार ७५५ कित्ता सेयरमा २ करोड ३५ लाख रुपैयाँ लगानी छ । साथै सिद्धार्थ इक्विटी फण्डको हिमालयन रि इन्स्योरेन्सको २६ हजार ७८६ कित्ता सेयरमा १ करोड ७१ लाख रुपैयाँ लगानी छ ।  

त्यस्तै, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२ ले पनि हिमालयन रि इन्स्योरेन्सको ३५ हजार ३५० कित्ता सेयरमा २ करोड २६ लाख रुपैयाँ लगानी गरेको छ । एनएमबी–५० ले भने दुबै पुनर्बीमा कम्पनीको सेयरमा लगानी गरेको छ । फण्डले नेपाल रि को ३६ हजार ४५५ कित्ता सेयरमा २ करोड ८७ लाख रुपैयाँ र हिमालयन रि इन्स्योरेन्सको ३५ हजार ३८ कित्ता सेयरमा २ करोड २४ लाख रुपैयाँ लगानी गरेको छ ।  

त्यस्तै, सानिमा इक्विटी फण्डले पनि दुईवटै कम्पनीको सेयरमा लगानी गरेको छ । नेपाल रि इन्स्योरेन्सको ४५ हजार ९५७ कित्ता सेयरमा ३ करोड ६२ लाख रुपैयाँ र हिमालयन रि इन्स्योरेन्सको २६ हजार ७८५ कित्ता सेयरमा १ करोड ७१ लाख रुपैयाँ लगानी गरेको छ ।  

माघ महिनाको तुलनामा उक्त फण्डहरुको नेपाल पुनर्बीमा कम्पनीमा गरेको लगानी रकमको मूल्याङ्कन रकम १.०१ प्रतिशतले घटेको छ भने हिमालयन रि इन्स्योरेन्समा गरेको लगानीको मूल्याङ्कन रकम ७.२४ प्रतिशतले घटेको छ ।

एनआइबीएल सहभागीता फण्डले हिमालयन रि मा लगानी बढाउँदै  

सेयरबजारमा अर्ब भन्दा बढी लगानी रहेका उक्त ६ वटा म्युचुअल फण्डमध्ये एनआईबीएल सहभागीता फण्डले मात्रै हिमालयन रि इन्स्योरेन्समा लगानी थपेको छ । माघ महिनामा फण्डले हिमालयन रि इन्स्योरेन्सको कुल ५१ हजार २०० कित्ता सेयरमा कुल ३ करोड ५४ लाख रुपैयाँ लगानी गरेको थियो ।  

फागुनमा उक्त लगानी ४१.२९ प्रतिशतले बढेर ७७ हजार ९८८ कित्ता सेयरमा कुल ५ करोड ६८ हजार रुपैयाँ लगानी गरेको छ । अन्य फण्डहरुले भने नेपाल रि र हिमालयन रि इन्स्योरेन्सको सेयरमा लगानी थपघट गरेका छैनन् ।  

म्युचुअल फण्डहरुमध्ये सेयरबजारमा सर्वाधिक लगानी गर्नेमा एनआईबीएल सहभागीता फण्ड नै रहेको छ । फण्डले सूचीकृत सेयरमा कुल १ अर्ब ७२ करोड रुपैयाँ लगानी गरेको छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.