आईतवार, माघ १८,२०८२ 06:45:50
Bizshala
  • आईतवार, माघ १८,२०८२ 06:45:50
Bizshala
Global IME Bank Limited
Bizshala

ग्राउण्ड जिरो रिपोर्टः लगानीकर्तामा हाइड्रो कम्पनीको चर्चा, भन्छन्, ‘ब्रोकरमा आउँदा घण्टी बजाएर आउनुपर्ने रहेछ !’

ग्राउण्ड जिरो रिपोर्टः लगानीकर्तामा हाइड्रो कम्पनीको चर्चा, भन्छन्, ‘ब्रोकरमा आउँदा घण्टी बजाएर आउनुपर्ने रहेछ !’
Shivam Cement

काठमाण्डौ । साताको पहिलो कारोबार दिन अर्थात् हरेक साताको आइतबार हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’ पस्किदै आएका छौं । आजपनि सोही स्तम्भलाई निरन्तरता दिने क्रममा विभिन्न ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ता तथा ब्रोकर कर्मचारीहरुको विचार बुझ्ने प्रयास गरेका छौं ।

आज हामीले न्युप्लाजा, बागबजार, घट्टेकुलो र अनामनगर आसपासका केही ब्रोकर हाउसहरुमा पुगेर लागनीकर्ताको मनोबल बुझ्ने कोसिस गरेका छौं । बजार खु्लेको केही समयसम्म नेप्से परिसूचक झिनो अंकले बढेपनि कारोबारको केही समयपश्चात् घट्न थालेको थियो । सँधै भिडभाड हुने ब्रोकर हाउसहरुमा पनि आज खासै रौनक देखिएको थिएन ।

प्राय ब्रोकर हाउसहरुमा लगानीकर्ताहरुको उपस्थिति सामान्य नै देखिन्थ्यो । चुनावी माहोल भएका कारण राजनीतिक विषयसँगै सेयरबजार सम्बन्धी कुराहरुमा लगानीकर्ताहरु बहस गरेको भेटिएको थियो ।

सर्वप्रथम हामी न्यूप्लाजामा रहेको दिव्या सेक्युरिटिज (ब्रोकर नं. ५९)मा पुग्यौं । हामी पुग्दा उक्त ब्रोकर हाउसमा लगानीकर्ताहरुको उपस्थिति शुन्य नै थियो । विस्तारै लगानीकर्ताहरु आउने क्रम जारी थियो । उक्त ब्रोकर हाउसका कर्मचारी र लगानीकर्ताहरु एकआपसमा गफिदै थिए ।

Bizshala
Garima Development Bank
New Office

उक्त ब्रोकरका कर्मचारीले चुनावी माहोल भएर पनि बजार बढ्न नसकेको प्रति दुखेसो पोख्दै थिए । ‘लगानीकर्ताहरुले यसअघि चुनाव खोजिरहेका थिए, कन्फिडेन्ट आएन चुनाव हुनुपर्छ भन्दै थिए तर चु्नाव हुने भएपछि पनि बजारले खासै लय समाउन सकेन’ ती कर्मचारीले भने, ‘अब चुनाव हुने निश्चित नै भएको छ, तर पनि बजारमा केही दिनअघि ठूलो करेक्सन देखियो जुन हुन नपर्ने थियो ।’

लगानीकर्ताहरु हाइड्रो सेक्टरका विभिन्न स्क्रिप्टका कुरा गर्दै थिए । एकजना लगानीकर्ताले अर्को लगानीकर्तालाई भने, ‘सर आज सालिनदीमा स्वस्थानी ब्रतकथा समापन हो रे जाने हो ? त्यहाँ गएर अब बजार बढोस् भनेर भगवानसँग माग्ने त होला नि त्यहाँ गएसी गाँठो मिल्छ कि !’

एकछिनपछि उक्त ब्रोकर हाउसमा अर्का लगानीकर्ताको प्रवेश भयो र उनले आउने बित्तिकै स्क्रिन बोर्डतर्फ नजर लगाउँदै आज पनि मार्केट ढुस हुने भयो भन्दै सुनाए । उनको कुरा सकिने बित्तिकै ब्रोकरका कर्मचारीले हासोमजाकमै भने, ‘बिहानै घरमा घण्टी बजाएर आउनुपर्छ नि बजार बढ्थ्यो कि ! अहिले चारैतिर घण्टी बजिरहेको बेला तपाई पनि बजार बढोस् भने घण्टी बजाएर आउनुपर्थ्यो नि ।’

सेयरबजार घट्ने क्रम जारी थियो हामी उक्त ब्रोकर हाउसबाट निस्किएर दोस्रोमा बागबजारमा रहेको अनलाइन सेक्युरिटिज (ब्रोकर नं.४९)तर्फ लाग्यौं । उक्त ब्रोकर हाउसमा पनि लगानीकर्ता न्यून थिए । लगानीकर्ताहरु आ–आफ्नै सुरमा फोन चलाउँदै थिए ।

अगाडी बसेका दुईजना पाका लगानीकर्ता भने बजार घटेको चिन्ता व्यक्त गर्दै थिए । बजार घटेको अवस्थामा आफुसँग भएको सेयर होल्ड गर्ने सुझाव एकअर्कालाई दिदै थिए । उक्त ब्रोकरमा लगानीकर्ताहरुबीच खासै कुराकानी नभएकाले हामी उक्त ब्रोकरबाट निस्कियौं ।

बजार दोहोरो अंकले घटिसकेको थियो त्यसपछि हामी घट्टेकुलो चोकमा रहेको भिजन सेक्युरिटिज (ब्रोकर नं.३४)मा पुग्यौं । उक्त ब्रोकर हाउसमा भने लगानीकर्ताहरुको उपस्थिति बाक्लो नै थियो । लगानीकर्ताहरु समग्र सेयरबजारका विभिन्न स्क्रिप्टका विषयमा बढी गफिदै थिए ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

लगानीकर्ताहरुमा हाइड्रो सेक्टरका विभिन्न कम्पनीहरुको कुरा गर्दै थिए । एकजना लगानीकर्ताले घट्दो बजारमा किन्ने अवसर भएको बताए । ‘चुनावी माहोल छ, मार्केटलाई यहि कुराले दबाब दिएको जस्तो देखिन्छ, तर आत्तिनु हुँदैन है साथीहरु यस्तो बेला किन्ने अवसर पनि हुन सक्छ’ उनले भने, ‘केही दिन अझै हेरौं आत्तिनु हँुदैन, ढिलाचाँडो भएपनि बजार त बढ्नै नै हो ।’

अर्का लगानीकर्ताले भने तत्कालै सेयर नकिन्ने र अझै केही दिन पर्खेर मात्रै बिचार गर्ने सुनाए ।

त्यसपछि हामी उक्त ब्रोकर हाउसबाट निस्किएर अनामनगरमै रहेको आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युटिटिज (ब्रोकर नं. ५७)मा पुग्यौं । उक्त ब्रोकर हाउसमा लगानीकर्ताहरुको सामान्य उपस्थिति रहेको थियो ।

लगानीकर्ताहरु सेयरबजारसँगै घरजग्गा कारोबारका विषयमा गफिदै थिए । बजार २० अंक भन्दा बढी घटिसकेको थियो । एकजना महिला लगानीकर्ताको प्रवेश भयो । उनलाई देख्ने बित्तिकै अर्की महिला लगानीकर्ताले भनिन्, ‘सेयरबजार घटेको भएर होकि क्याहो आज त ढिला आउनुभयो त ।’ उनलाई जवाफ दिदैं पछि आउने लगानीकर्ताले भनिन्, ‘बजार बढ्न सकेन चाँडै आएर पनि के गर्नु यो घटेको बजार हेर्न ।’

एकछिनपछि लगानीकर्ताहरु घरजग्गा कारोबारको विषयमा गफ गर्न थाले । एकजना लगानीकर्ताले घरजग्गा कारोबार चलायमान नहुँदा लगानीकर्ताहरु सेयरबजार छिरेको बताए । ‘सेयरबजारमा जस्तो अन्य सेक्टरमा लगानी गर्न सहज छैन’ उनले भने, ‘लगानी गरेपछि कारोबार चलायमान नहुँदा अहिले घरजग्गामा पैसा हाल्नेहरु पनि सेयरबजार छिरेका छन् ।’

उनको कुरालाई समर्थन गर्दै महिला लगानीकर्ताले भनिन्, ‘अहिले जताततै प्लटिङ मात्रै देख्न सकिन्छ, जग्गा खरिद गर्ने कोही पनि छैन प्लटिङ मात्रै बनाएर के गर्ने, खरिदबिक्री दुबै भए पो जग्गाको कारोबार चलायमान हुन्छ त ।’

अर्को लगानीकर्ताले भने जग्गाको भाउ असाध्यै महँगो भएका कारण अहिले जग्गा खरिद गर्नेहरु गुपचुप बसेको बताए । ‘ठाउँ–ठाउँमा प्लटिङ बनायो अनि जग्गाको भाउ सुन्दा बेहोस नै हुनेजस्तो छ, अनि कसले किन्ने त’ ती लगानीकर्ताले भने, ‘पहिला–पहिला पो ब्रिटिस लाहुरेहरुले नेपालमा जग्गा किनेर राख्ने भनेर किन्थे अब अहिले कारोबार नै छैन उनीहरुले पनि किन्ने छाडे ।’

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.