शुक्रबार, बैशाख ४,२०८३ 01:43:37
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 01:43:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

खुद ब्याज आम्दानीमा कमी आएसँगै साना किसान विकास लघुवित्तको नाफा २६% ले खुम्चियो

Bizshala
खुद ब्याज आम्दानीमा कमी आएसँगै साना किसान विकास लघुवित्तको नाफा २६% ले खुम्चियो
Shivam Cement

काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा घटेको छ । संस्थाले चालु आवको दोस्रो त्रैमाससम्म संस्थाले ३८ करोड ९ लाख खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २६.४२ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले ५१ करोड ७७ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी पनि घटेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ९६ करोड ८१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाले समीक्षा अवधिसम्म भने ६५ करोड ४३ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यसरी संस्थाको खुद ब्याज आम्दानी ३२.४१ प्रतिशतले घटेको छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

समीक्षा अवधिसम्म संस्थाको रिटेन्ड अर्निङ १ अर्ब ४६ करोड र रिजर्भको आकार ४ अर्ब २५ करोड रुपैयाँ रहेको छ । ४ अर्ब ७६ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले ८ करोड १५ लाख रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । संस्थाको खराब कर्जा अनुपात बढेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म २.२७ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ४ प्रतिशत पुगेको छ ।  

CG Motors
Garima Development Bank
IME remit

संस्थाको वितरणयोग्य मुनाफा १ अर्ब ५४ करोड रुपैयाँबाट घटेर १ अर्ब ४६ करोड रुपैयाँमा सीमित बनेको छ । यो अवधिसम्म लाभांश क्षमता पनि ३५.७५ प्रतिशतबाट घटेर ३९.७९ प्रतिशतमा सीमित बनेको छ ।  

त्यस्तै संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) १५.४६ रुपैयाँ,पीई रेसियो ४९.८७ गुणा,तरलता अनुपात १८९.८६ प्रतिशत,प्रतिसेयर नेटवर्थ २१६.४८ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ८१३.७० रुपैयाँ कायम भएको छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.