शनिबार, श्रावण २,२०८३ 09:02:11
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 09:02:11
Bizshala
Global IME Bank Limited

अपर सोलु हाइड्रोको नाफामा ३५% को बढोत्तरी, वित्त खर्च घट्यो

अपर सोलु हाइड्रोको नाफामा ३५% को बढोत्तरी, वित्त खर्च घट्यो
New Office

काठमाण्डौ। अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म उल्लेख्य वित्तीय सुधार गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीले १९ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.१५ प्रतिशतले वृद्धि हो ।

अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले १४ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । आयोजनाको पूर्ण सञ्चालन र वित्तीय खर्चमा आएको गिरावटले नाफा वृद्धिमा प्रमुख भूमिका खेलेको कम्पनीको वित्तीय विवरणले देखाएको छ ।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ४७ करोड १६ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ४५ करोड ४८ लाख रुपैयाँ रहेको थियो । आयोजना पूर्ण क्षमतामा सञ्चालनमा रहेकाले विद्युत बिक्री आम्दानी विगतका त्रैमासको तुलनामा बढेको कम्पनीले जनाएको छ ।

यद्यपि, सञ्चालन खर्चतर्फ केही वृद्धि देखिएको छ । प्रशासनिक खर्च ७२ लाख ३७ हजार रुपैयाँबाट बढेर ७८ लाख ९० हजार रुपैयाँ पुगेको छ भने कर्मचारी खर्च पनि ८६ लाख ४ हजार रुपैयाँबाट ८९ लाख ९५ हजार रुपैयाँ पुगेको छ । साथै, कर्मचारी बोनस खर्च २९ लाख २३ हजार रुपैयाँबाट बढेर ३९ लाख ५१ हजार रुपैयाँ पुगेको छ ।

तर, वित्तीय खर्चमा आएको उल्लेख्य कमी कम्पनीका लागि सकारात्मक पक्ष बनेको छ । अघिल्लो वर्ष १५ करोड ६० लाख रुपैयाँ रहेको वित्तीय खर्च समीक्षा अवधिमा घटेर ११ करोड ७९ लाख रुपैयाँमा सीमित भएको छ ।

कम्पनीको चुक्तापूँजी १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । दोस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब १ करोड रुपैयाँ दीर्घकालीन कर्जा र २० करोड ७४ लाख रुपैयाँ अल्पकालीन कर्जा लिएको छ । यस अवधिसम्म कम्पनीको कुल चालु सम्पत्ति ४० करोड ७९ लाख रुपैयाँ र चालु दायित्व २४ करोड ४८ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रति सेयर आम्दानी (ईपीएस) १४.३४ रुपैयाँ, प्रति सेयर नेटवर्थ ११८.१२ रुपैयाँ, मूल्य–आम्दानी अनुपात ३२.०८ गुणा तथा तरलता अनुपात १.६७ गुणा कायम रहेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.