अपर सोलु हाईड्रोले डाक्यो साधारण सभा, यस्ता छन् मुख्य प्रस्ताव
काठमाण्डौ । अपर सोलु हाईड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आफ्नो नवौं साधारण सभा डाकेको छ । मंसिर २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार कम्पनीको नवौं साधारण सभा पुस १६ गते आयोजना हुनेछ । सभा भगवतिवहाल नक्सालमा रहेको लिसारा रिसेप्सनमा बिहान १० बजेदेखि सुरु हुनेछ । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई कुनै पनि लाभांशको प्रस्ताव नगरेकाले...