मंगलवार, असार १७,२०८२ 07:01:00
  • मंगलवार, असार १७,२०८२ 07:01:00
Global IME Bank Limited

अपर सोलु हाईड्रोले डाक्यो साधारण सभा, यस्ता छन् मुख्य प्रस्ताव

Hyundai Nepal
अपर सोलु हाईड्रोले डाक्यो साधारण सभा, यस्ता छन् मुख्य प्रस्ताव
Nabil Bank Limited

काठमाण्डौ । अपर सोलु हाईड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आफ्नो नवौं साधारण सभा डाकेको छ । मंसिर २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार कम्पनीको नवौं साधारण सभा पुस १६ गते आयोजना हुनेछ ।  

सभा भगवतिवहाल नक्सालमा रहेको लिसारा रिसेप्सनमा बिहान १० बजेदेखि सुरु हुनेछ । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई कुनै पनि लाभांशको प्रस्ताव नगरेकाले लाभांशसम्बन्धी कुनै पनि अजेण्डा सभामा पेश हुने छैन ।  

CG Motors
Muktinath Bikas Bank Limited

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तसम्मको वासलात तथा आव २०८०/८१ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने र आव २०८१/८२ को लेखापरीक्षण कार्य गर्नको लागि लेखापरीक्षक नियुक्ति एवं निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।    

सभामा सञ्चालक समितिका प्रतिनिधिले गर्ने बैठक भत्ता अनुमोदन गर्ने र संस्थापक समूहका ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.