बुधबार, माघ २३,२०८१ 12:24:26
IME remit
  • बुधबार, माघ २३,२०८१ 12:24:26
IME remit
Global IME Bank Limited

बीमा कम्पनीहरुको लगानी विविधिकरण गर्न प्राधिकरणको जोड, कृषि र पर्यटनसहित १० क्षेत्रको लगानी १२% ले वृद्धि

Hyundai Nepal
बीमा कम्पनीहरुको लगानी विविधिकरण गर्न प्राधिकरणको जोड, कृषि र पर्यटनसहित १० क्षेत्रको लगानी १२% ले वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा लगानीको दायरा बढाउँदै लगेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार गत आर्थिक वर्षको तुलनामा बीमा कम्पनीहरुले चालु आवको दोस्रो त्रैमाससम्म २०.२४ प्रतिशतले लगानीको दायरा बढाएका छन् ।

चालु आवको दोस्रो त्रैमाससम्म १४ जीवन बीमा कम्पनी र १४ निर्जीवन बीमा कम्पनीले बैंकको मुद्दती निक्षेप, अग्राधिकार सेयर, बण्ड, ऋणपत्र, सूचीकृत सेयर, म्युचुअल फण्ड र अन्य क्षेत्रमा ६ खर्ब ९८ अर्ब २० करोड रुपैयाँ लगानी गरेका छन् ।  

गत आवको यसै अवधिसम्म बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा ५ खर्ब ८० अर्ब ६७ करोड रुपैयाँ लगानी गरेका थिए । बीमा कम्पनीहरुले कुल लगानीको ७५.९३ प्रतिशत रकम भने बैंकहरुको मुद्दती निक्षेपमा मात्रै लगानी गरेका छन् । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुमा बीमा कम्पनीहरुको ५ खर्ब ३० अर्ब १८ करोड रुपैयाँ लगानी छ ।  

जसमा जीवन बीमकको मात्रै ४ खर्ब ८० अर्ब ३९ करोड रुपैयाँ र निर्जीवन बीमकको ४९ अर्ब ७९ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी छ । बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा लगानी गर्ने क्रममा बढी मुद्दती निक्षेपमा नै जोड दिएको पाइन्छ ।  

बैंकहरुको मुद्दती निक्षेपमा रकम राख्दा लगानी सुरक्षित हुने र प्रतिफल पाइने ग्यारेन्टी समेत हुने भएकाले बीमा कम्पनीहरु मुद्दती निक्षेपमा लगानी गर्न बढी केन्द्रीत छन् । तर गत आवको तुलनामा बीमा कम्पनीहरुले अन्य क्षेत्रमा समेत लगानीको दायरा बढाएको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।  

बीमा कम्पनीहरुले मुद्दती निक्षेपसँगै पर्यटन तथा वायुसेवा क्षेत्र, शिक्षा र स्वास्थ्य क्षेत्र, कृषि क्षेत्र, केवलकार तथा घरजग्गा व्यवसायमा लगानी बढाएको बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलले बताए ।  

प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले यस्तो क्षेत्रमा लगानी १२.२८ प्रतिशतले बढाएका छन् । गत आवको दोस्रो त्रैमाससम्म बीमा कम्पनीहरुले पर्यटन, शिक्षा तथा स्वास्थ्य, केवलकार र जलविद्युत क्षेत्रमा ७ अर्ब ६४ करोड ७९ लाख रुपैयाँ लगानी गरेका थिए ।  

चालु आवको दोस्रो त्रैमाससम्म यस्तो क्षेत्रमा गरेको लगानी १२.२८ प्रतिशतले वृद्धि भई ८ अर्ब ५८ करोड ७२ लाख रुपैयाँ पुगेको छ । जीवन बीमा कम्पनी भन्दा निर्जीवन बीमा कम्पनीहरुले अझै बढी यस्तो क्षेत्रमा लगानी बढाएका छन् ।  

निर्जीवन बीमा कम्पनीहरुले यस्तो क्षेत्रमा कुल ५९ करोड २० लाख रुपैयाँ लगानी गरेको छ । जुन यो गत आवको तुलनामा १०३.७३ प्रतिशतले बढी हो । गत आवको यसै अवधिसम्म निर्जीवन बीमकहरुले यस्तो क्षेत्रमा जम्मा २९ करोड ५ लाख रुपैयाँ लगानी गरेका थिए ।

Bizshala
CG Motors
Sagarmatha Cement

यता जीवन बीमकहरुले भने ८.६७ प्रतिशतले यो क्षेत्रमा लगानी बृद्धि गरेका छन् । गत आवको दोस्रो त्रैमाससम्म यस्तो क्षेत्रमा ७ अर्ब ३५ करोड ७३ लाख रुपैयाँ लगानी गरेकोमा चालु आवको यस अवधिसम्म बढेर ७ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ पुगेको छ ।  

नेपाल बीमा प्राधिकरणले समेत अन्य क्षेत्रमा लगानी गर्न बीमा कम्पनीहरुलाई प्रोत्साहन गर्दै आइरहेको छ । गत आवको तुलनामा पर्यटन, जलविद्युत, शिक्षा तथा स्वास्थ्य, केवलकार र उर्जा क्षेत्रमा लगानी गर्ने कम्पनीको संख्या समेत बढेको प्राधिकरणका कार्यकारी निर्देशक पौडेलले बताए ।  

‘हामीले बीमा कम्पनीहरुलाई पटक–पटक लगानी विविधिकरण गर्न प्रोत्साहन गर्दै आइरहेका छौं, गत वर्षको तुलनामा अन्य क्षेत्रमा लगानी गर्ने कम्पनीको संख्या पनि बढेको छ’ पौडेलले भने, ‘कतिपय कम्पनीहरुले अझै अन्य क्षेत्रमा लगानी गर्न डराइरहेको अवस्था पनि छ, विस्तारै अन्य क्षेत्रको अध्ययन गर्दै बीमा कम्पनीहरुले लगानी बढाउने विश्वास छ ।’  

चालु आवमा जीवन बीमा तर्फ सन नेपाल लाइफ र निर्जीवन तर्फ हिमालयन एभरेष्ट र सगरमाथा लुम्बिनी इन्स्योरेन्स गरी तीनवटा कम्पनी यस्तो क्षेत्रमा लगानी गर्न थपिएको पौडेलले बताए ।  

‘बीमा कम्पनीहरुको लगानी सहजताका लागि प्राधिकरणले लगानी निर्देशिका संशोधन गरेको छ, केही क्षेत्रमा क्षेत्रमा लगानीको दायरा समेत बढाइएको छ, अब बीमा कम्पनीहरुले एकै क्षेत्रमा मात्रै नभई अन्य क्षेत्रको पनि अध्ययन गरी लगानी विविधिकरण गर्नुपर्छ’ उनले भने, ‘प्राधिकरणले गरेको सहजतासँगै केही बीमा कम्पनीहरले घरजग्गा तथा पर्यटन, शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा लगानी गर्न उत्सुक देखिएका छन्, केही कम्पनीले लगानीको प्रस्ताव समेत प्राधिकरणमा पेश गरेका छन् ।’  

बीमा प्राधिकरणले पर्यटन तथा वायुसेवा, शिक्षा र स्वास्थ्य, कृषि, केबलकार तथा घरजग्गा कारोबारमा समेत बीमा कम्पनीको लगानीको दायरा बढोस् भन्ने हेतुले बीमा कम्पनीहरुलाई सहज समेत गराउँदै आइरहेको छ ।  

लगानी निर्देशिका बमोजिम बीमा कम्पनीहरुले यस्ता क्षेत्रमा कुल लगानीको १० प्रतिशत रकम लगानी गर्न पाउने व्यवस्था छ ।  

यस्ता क्षेत्रमा लगानी गर्नुपुर्व बीमा कम्पनीले प्राधिकरणमा के–के कागजात पेश गर्ने भनेर समेत जानकारी गराएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले पर्यटन तथा वायुसेवा क्षेत्र, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्न पहिले नै सञ्चालनमा रहेको संस्थामा लगानी गरेको खण्डमा ‘डियु डिलिजेन्स’ गरी सो  को प्रतिवेदन र आफैंले संस्थापन गरेको खण्डमा सम्भाव्यता अध्ययन प्रतिवेदन पेश गर्नुपर्नेछ ।  

यसका साथै कृषि क्षेत्रमा लगानी गर्न बीमा कम्पनीले ‘डियु डिलिजेन्स’ प्रतिवेदन पेश गर्नुपर्नेछ भने केबलकार क्षेत्रमा लगानी गर्न कम्तिमा १० वर्षको व्यवसायिक परियोजना पेश गर्नुपर्ने प्राधिकरणले जनाएको छ । साथै घरजग्गा व्यवसाय क्षेत्रमा लगानी गर्न बीमा कम्पनीले सम्भाव्यता अध्ययन प्रतिवेदन पेश गर्नुपर्नेछ ।  

कुन–कुन कम्पनीको छ यस्तो क्षेत्रमा लगानी ?

नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्म ११ वटा बीमा कम्पनीले मात्रै यस्तो क्षेत्रमा लगानी गरेका छन् । चालु आवको दोस्रो त्रैमाससम्म जीवन बीमातर्फ ६ वटा र निर्जीवन बीमातर्फ ५ वटा कम्पनीले कृषि, शिक्षा तथा स्वास्थ्य, पर्यटन, उर्जा, वायुसेवा र केबलकार क्षेत्रमा लगानी गरेका छन् ।  

जीवन बीमा कम्पनीहरुले कुल ७ अर्ब ९९ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले ५९ करोड २० लाख रुपैयाँ यस्तो क्षेत्रमा लगानी गरेका छन् ।  

जीवन बीमातर्फ सबैभन्दा बढी सरकारी स्वामित्वमा रहेका राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ८२ करोड रुपैयाँ यस्तो क्षेत्रमा लगानी गरेको छ ।  

त्यस्तै, एशियन लाइफको २ अर्ब ९४ करोड, सन नेपाल लाइफको ९ करोड ३५ लाख, प्रभु महालक्ष्मी लाइफको ८ करोड २६ लाख, सिटिजन लाइफको ७ करोड ५९ लाख र सानिमा रिलायन्स लाइफको ५ करोड रुपैयाँ लगानी छ ।  

यता निर्जीवन बीमातर्फ भने सर्वाधिक शिखर इन्स्योरेन्सले यस्तो क्षेत्रमा लगानी गरेको छ । शिखरले २६ करोड ९० लाख रुपैयाँ कृषि, पर्यटन, शिक्षा तथा स्वास्थ्य, र केबलकार क्षेत्रमा लगानी गरेको छ ।  

यसका साथै हिमालयन एभरेष्ट इन्स्योरेन्सले १३ करोड ४५ लाख, सलिकोले १२ करोड २५ लाख, प्रभु इन्स्योरेन्सले ४ करोड ६० लाख रुपैयाँ र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २ करोड रुपैयाँ यस्तो क्षेत्रमा लगानी गरेको छ । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.